प्रतिपक्षीको भावनालाई सम्मान गर्छु, मसिना कुरालाई इगोको रुपमा नलिऔँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मसिना कुराहरूलाई इगोको रुपमा नलिई संसद सुचारु गर्न प्रतिपक्षीलाई आग्रह गरेका छन् ।

सोमवार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले संसदमा ल्याइएका अध्यादेशहरू संविधान अनुसार नै भएकाले दुवै सदनबाट स्वीकृत भइसकेको बताए ।

उनले संविधानलाई समृद्ध बनाउँदै कार्यान्वयनमा लैजान कानून निर्माण आवश्यक भएकाले अध्यादेश ल्याउनुपरेको बताए ।

उनले सबै दलको एकताबद्धताले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले देशमा भइरहेका गणतन्त्र विरोधी गतिविधि तथा आफ्नो थाइल्याण्ड भ्रमणको विषय रहेकाले सबै दलहरूलाई एकताबद्ध भएर संसद सुचारु गर्न आग्रह गरे ।

उनले भने, ‘हामी यति बेला एकजुट भएर जनतालाई जगाएर, व्यवस्था र संविधानको रक्षा गरेर यिनलाई सफल बनाएर अगाडि जानुपर्नेमा हामी ससाना निहुहरुमा अल्झिरहेका छौँ । नअल्झिउँ भन्न चाहन्छु । सदनको अवारेधलाई अन्त्य गरेर एकताबद्ध भएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाऔँ । हामी आफैँले बनाएको संविधानलाई समृद्ध बनाऔँ । मेरो आग्रह छ । जहाँसम्म कानून निर्माणको प्रश्न छ अध्यादेश ६ वटामध्ये एउटा पेश गरेनौँ । पाँच वटा समयभित्रै पाँच वटा दुवै सदनबाट स्वीकृत भइसक्या छ । अब अध्यादेश भनेको कुरा यो अध्यादेशको संसदमा ११४ को २ ले व्यवस्था गरेको छ त्यसअनुसार नै हुनेछ भन्ने कुरा छर्लङ्गै छ भन्ने कुरा छ । यसकारण म प्रतिपक्षको भावनाको सम्मान गर्दै अहिले परिस्थिति गतिविधि मेरो थाइल्याण्डको भ्रमणदेखि लिएर अहिले हामीहरूबिच चलिरहेको साना मसिना कुरामा इगोको रुपमा लिएर अल्झिएको छौ यसलाई इगोको विषय नबनाऔँ सदन सुचारु गरौँ म आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्र्तीेबारे अदालतमा विचाराधीन रहेकाले संसदमा छलफल गर्नु उचित नहुने बताए ।

उनले लोकसेवाले नियुक्त गरेको बाहेक राजनीतिक नियुक्तहरू सरकार फेरिएपछि स्वतः फेरिने विधिमा जानु व्यवस्था मिलाउनु पर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *