टाउको माथि तरबार राखिएपनि म डराउदैन : रवि लामिछाने

२०८१ चैत १८ गते

काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा (रास्वपा)का सभापति रवि लामिछानेले सरकारप्रति जनतामा आक्रोश रहेको बताएका छन् । पार्टी जिम्मेवारीमा फर्किएपछि सोमबार सञ्चारकर्मीमाझ बोल्दै टाउको माथि तरबार राख्दैमा आफु नडराउने बताए ।
जुनसुकै शक्तिसंग पनि आफु नडराउने समेत उनले बताए ।
उनले सरकारलाई थप केही मुद्धा लगाउनपर्ने भए लगाउन आग्रह समेत गरे । कहाँ आगो बल्ला र त्यहाँ बसौला भनेर आफु राजनीतिमा नआएको समेत उनले बताए ।
२१ सिट सहित रास्वपा संसदमा आएको बताउँदै दलहरु घण्टी फुटाउनतर्फ लागेको समेत उनले बताए । उनले आफु आगामी शनिबार चितवन जाने समेत बताए । भ्रष्टाचारीलाई जोगाउन सरकार लागिपरेको समेत उनले बताए ।

२०८१ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित