तीनकुने घटनाबारे अनर्गल सामग्री नफैलाउन प्रहरीको आग्रह

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा भएको प्रदर्शनको क्रममा केही हिंसात्मक घटनाहरू भएका समाचार आएका छन् । यस्तै क्रममा सामाजिक सञ्जालमा विभिन्न भ्रामक तथा अतिरञ्जित फोटो तथा भिडियोहरू प्रसारित भइरहेको भन्दै प्रहरीले त्यस्ता गतिविधि रोक्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहराले एक सूचना जारी गर्दै अनधिकृत र गलत जानकारी फैलाउने सामग्रीहरूले समाजमा अन्योल, भय र भ्रम सिर्जना गर्न सक्ने भन्दै सचेत रहन अनुरोध गरेका छन् ।

प्रहरीले घटनाबारे छानबिन भइरहेको जानकारी दिँदै, यदि कसैसँग वास्तविक सामग्री भएमा जिल्ला प्रहरी परिसर, काठमाडौंको आधिकारिक फेसबुक पेज वा इमेल ठेगानामा पठाउन आग्रह गरेको छ । साथै, प्रहरी प्रशासनले गलत सूचना फैलिएर गलत धारणा बनाउन नदिन सबै पक्षलाई जिम्मेवार बन्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *