महानगरमा तनावपूर्ण दृश्य

प्रमुख प्रशासकीय अधिकृतको हाजिरी रोक्न बालेनले गरे प्रहरी परिचालन, कर्मचारी स्वागत गर्न आतुर

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिले एक रोचक र तनावपूर्ण परिस्थिति उत्पन्न भएको छ । वडाध्यक्ष र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर गराउनका लागि तयारी गरेपछि, मेयर बालेन शाहले नगर प्रहरी परिचालन गरेका छन् ।

कमलादीस्थित कार्यालयमा एकतर्फ कर्मचारीहरु प्रमुख प्रशासक अधिकृतको स्वागतका लागि जम्मा भएका छन् भने अर्कोतर्फ मेयरले नगर प्रहरी तैनाथ गरेका छन्, जसले गर्दा यहाँ एक विवाद उत्पन्न भएको छ ।

कर्मचारीहरुले ५ महिनादेखि तलब नपाएको र महानगरको काम ठप्प भएको कारण प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन चाहेका छन् । मेयर बालेन शाहले काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको आरोपमा गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । उनलाई कार्यालय प्रवेश गर्न निषेध गरेका थिए ।

मेयर शाहले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्न चाहेका थिए, तर कुनै पनि आरोप पुष्टि नहुँदा सरकारले उनलाई हटाउन इन्कार गर्‍यो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई निरन्तरता दिँदा मेयर शाह आक्रोशित भएका छन् र उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *