संयुक्त राष्ट्र मानव अधिकार परिषद्द्वारा इजरायललाई गाजामा नरसंहार रोक्न आग्रह

काठमाडौं । संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को ५८ औं बैठकले बुधवार इजरायललाई गाजा पट्टीमा नरसंहार रोक्न माग गर्ने प्रस्ताव पारित गरेको छ ।

पक्षमा २७ मत विपक्षमा ४ मत र १६ मतले मतदान नगरी पारित भएको प्रस्तावले इजरायललाई युद्ध विराम सम्झौता उल्लङ्घन गरेकोमा निन्दा गरेको छ ।

आफ्ना प्रतिविद्धताहरूलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । प्रस्तावले गाजामा युद्धको विधिको रूपमा इजरायलले भोकमरीको प्रयोग, मानवीय पहुँचको गैर कानुनी अस्वीकार, राहत आपूर्तिमा जानाजानी अवरोध र खाद्यान्न, पानी, बिजुली, इन्धन र दूरसञ्चार लगायत नागरिक बाँच्नको लागि आवश्यक पर्ने आवश्यक स्रोतहरूबाट वञ्चित गरेकोमा थप निन्दा गरेको छ ।

प्रस्तावले इजरायली अधिकारीहरूले नरसंहारको लागि उक्साउने बयानहरूमाथि गम्भीर चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *