सुनिता डंगोल पनि प्रशासकीय अधिकृत सरोज गुरागाईँको स्वागतमा

काठमाडौँ । कार्यालय फर्किएका प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसहित जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका छन् ।

साढे तीन महिनापछि कार्यालय फर्किएका प्रशासकीय अधिकृत गुरागाईँलाई मेयर बालेन्द्र साहबाहेकका जनप्रतिनिधिहरूले स्वागत गरेका हुन् ।

बिहीबार नगर प्रहरीको अवरोध असफल भएपछि गुरागाईं कार्यालयमा हाजिर भएका हुन् ।

गत पुस ७ गतेदेखि बिदामा रहेका गुरागाईंपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका गोविन्दप्रसाद शर्माले राजीनामा दिएपछि महानगर प्रशासन नेतृत्वविहीन अवस्थामा पुगेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा तलब नपाएको भन्दै महानगरका कर्मचारीहरू आक्रोशित बनेका छन् । उनीहरूले गुरागाईंलाई पुनः पदमा स्थापित गराउने अडान लिएका छन् ।

मेयर बालेन शाहले काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको आरोपमा गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । उनलाई कार्यालय प्रवेश गर्न निषेध गरेका थिए । मेयर शाहले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्न चाहेका थिए, तर कुनै पनि आरोप पुष्टि नहुँदा सरकारले उनलाई हटाउन इन्कार गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *