वायु प्रदूषणले त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौँ । वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित बनेका छन् ।

बिहीबार बिहानैदेखि बाक्लो तुवाँलो लागेका कारण ‘भिजिबिलिटी’ कम हुँदा विमानस्थलमा उडान प्रभावित बनेको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले ‘आइएफआर’ प्रविधिबाट उडान/अवतरण भइरहेको छ । जसले गर्दा साविकको तुलनामा जहाजको व्यवस्थापन ढिला हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *