बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एकको मृत्यु

बागलुङ । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन् ।

जिल्लाको गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोट मैदान जाँदै गरेको ग १ ज ६१०० नम्बरको पिकअप दुर्घटना हुँदा गलकोट –११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।

दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडा खेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहरा फाँटका १९ को अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

पिकअपमा चारजना सवार रहेको उहाँको भनाइ छ । घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए ।

चैते दसैँ मेलाका लागि कोट मैदान जाँदै गर्दा पिकअप दुर्घटनामा परेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *