कुलमान र हितेन्द्रदेवको रिटमा आज पनि सुनुवाइ जारी

काठमाडौं । कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको हेर्दाहेर्दैमा राखिएको रिटमा आज (बिहीबार) पनि सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि बुधबार सुनुवाइ भएको थियो ।तर, सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएकामा आज पनि सुनुवाई भइरहेको हो । यसअघि पनि रिटमाथि सुनुवाइ हुँदै आएपनि हेर्दाहेर्दैमा राखिएको थियो ।

घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए ।

कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि सडक र सदनमा सरकारको विरोध समेत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *