चोभार सुख्खा बन्दरगाहा कन्टेरनरहरु आउने क्रम बढ्यो तस्बिरसहित


काठमाडौं । चोभार सुख्खा बन्दरगाह कन्टेरनरहरु आउने क्रम बढ्दै गएको छ ।
जाँच पास प्रयोजनका लागि सरकारले ‘ट्रान्जिट मोडुल’ विधि प्रयोग गरेपछि तातोपानी र रसुवा नाकाबाट भित्रिएका कन्टेनरहरू जाँच पासका लागि चोभारमा आउने क्रम बढेको हो ।
चोभार सुख्खा बन्दरगाहा भन्सार कार्यालय प्रमुख बाइट उषा पोखरेलले तातोपानी, रसुवा नाकाबाट आउने मालवस्तुहरु चोभार सुख्खा बन्दरगाहामा पहिला भन्दा धेरै कन्टेनरहरू जाँच पास परीक्षणका लागि आउन थालेको बताए ।
उनकाअनुसार गोदामको समेत प्रशस्त व्यवस्था भएकाले व्यवसायीहरूको रोजाइमा चोभार परेको हुनसक्छ । भन्सार कार्यालयले छिटो छरितो जाँच पास गर्ने गरेको बताए ।
उनले भने– ‘तातोपानीबाट जाँच पास हुनका लागि चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा कन्टेनरहरू आएका छन् । जाँच पास प्रयोजनका लागि भनेर ट्रान्जिट मोडुल विधि प्रयोग गरेर तातोपानी र रसुवा नाका समेत खुला गरेको अवस्थामा अहिले कन्टेनरहरू जाँच पास हुने क्रममा वृद्धि हुँदै गएको छ । यो भन्दा पहिले एक महिनाअघि यसै किसिमका कन्टेनरहरू जाँचपाँस गरिसकेका छौं । जुन तातोपानीको रुट प्रयोग गरेर आएका थिए । अर्को कम्पनीले समेत जाँच पासका लागि समान ल्याउन थालिसकेको छ । यसरी तातोपानी, रसुवा नाकाबाट आउने मालबस्तुहरु चोभार सुख्खा बन्दरगाहा भन्सार कार्यालयबाट जाँच पास परीक्षण हुँदै आएको छ ।’
यो आर्थिक वर्षका लागि तोकिएको राजश्वका लक्ष्यहरू हासिल हुनेछन् । जाँच पासका लागि कन्टेनरहरू बढ्दै जाँदा राजश्व संकलनमा वृद्धि हुनेछ ।
व्यवसायीको दृष्टिकोणबाट हेर्दा जाँच पास गर्दा समान ल्याएर गोदाममा थन्काएर आफ्नो अनुकूलता अनुसार जाँच पास गराउन सक्छन् । गोदामहरूको उचित व्यवस्था भएका कारणले पनि उनीहरूलाई पनि सहज हुनेछ ।
शुक्रवार मात्रै डाइरेक्ट बाइ नामक कम्पनीले चोभारमा भन्सार जाँच पासका लागि कन्टेनरहरू ल्याएको थियो ।
कम्पनीका अध्यक्ष सुशील थापाले तातोपानी, रसुवागढीमा गोदाम स्पेस कम भएका कारणले पनि चोभार रोज्नु परेको बताए । उनकाअनुसार ती भन्सारमा क्लीयरिङमा समेत ढिलाइ हुने गरेको छ । त्यसको कारण रसुवागढी, तातोपानीमा म्यानपावरको समेत कमी हुनु हो ।
उनले भने–‘तातोपानी र रसुवागढीमा गोदाम स्पेस कम भएका कारण काठमाडौं रोज्नुपरेको हो । त्यहाँ क्लीयरिङमा समेत ढिलाइ भइरहेको थियो । त्यसमा फास्ट होला भनेर यहाँ ल्याइएको हो । रसुवागढी, तातोपानीमा म्यानपावरको समेत कमी छ । काठमाडौं जाँच पासका लागि ल्याउँदा सहज भएकाले र विजनेसमा ग्रोथ गर्ला भनेर जाँच पासका लागि काठमाडौं चोभार भन्सार कार्यालयमा ल्याइएको हो ।’
उनले काठमाडौं जाँच पासका लागि ल्याउँदा सहज भएको र जाँच पास छिटो हुँदा आफ्नो व्यापारमा समेत राम्रो गर्न सक्ने भएकाले जाँच पासका लागि काठमाडौं चोभार भन्सार कार्यालयमा ल्याइएको बताए ।
