महिला खुल्ला गल्फ प्रतियोगिता शनिवार हुँदै

२०८१ चैत २९ गते

काठमाडौँ । दोस्रो संस्करणको महिला गल्फ प्रतियोगिता शनिवार हुने भएको छ ।
स्टेबलफोर्ड फम्र्याटमा हुने प्रतियोगिता कुल ६२ महिला गल्फ खेलाडीहरूले भाग लिने भएका हुन् ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा खेलाडीहरूले कुल स्पर्धा महिला ओपन, सिनियर, सुपर सिनियर र यु–१९ प्रतिस्पर्धा हुने जानकारी दिइएको हो ।
प्रतियोगिताको महिला ओपनतर्फको विजेताले इलेक्ट्रिक स्कुटर तथा अर्शिया बुटिकको तर्फबाट गिफ्ट भौचर प्रदान गरिनेछ । अन्य विधाका विजेता तथा उपविजनताहरूलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ ।
अन्य पुरस्कारहरूमा क्लोजेस्ट–टु–द–पिन, लङ्गेस्ट ड्राइभ, मोस्ट बर्डीज, स्ट्रेटेस्ट ड्राइभ, बेस्ट फ्रन्ट नाइन, बेस्ट ब्याक नाइन, बेस्ट स्पोट्र्सम्यानसिप, र लक्की विनर पनि रहेका छन् ।

२०८१ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित