हिजाजीको ह्याट्रिकमा धनगढी शीर्ष स्थानमा

काठमाडौँ । अहमद हिजाजीको ह्याट्रिक प्रेरणामा धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा शुक्रवार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार भएको खेलमा उत्कृष्ट पुनरागमनसहित धनगढीले पूर्वविजेता काठमाडौँ रेजर्सलमाथि ३–१ को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो ।

धनगढीको जितमा हिजाजीले ह्याट्रिक गरे । अमाडौं डियोपले गोल गरेका हुन् । खेलको अन्तिम समयमा दुवै टोलीका खेलाडीले रातो कार्ड सामना गर्दा १० खेलाडीमा सीमित भएका थिए ।

यससँगै काठमाडौँसँगको कुल पाँचौँ भेटमा धनगढीले तेस्रो जित निकालेको हो । एक खेलको नतिजा बराबरी हुँदा काठमाडौँले एक जित आफ्नो पक्षमा पारेको थियो । पाँचौँ भेटमा पनि काठमाडौँले अग्रता लिँदै राम्रो सुरुआत गरेको थियो । तर, त्यसलाई जोगाउन सकेन ।

खेलको २२औँ मिनेटमा नै काठमाडौँले अग्रता कायम ग¥यो । मोहम्मद बुया टोरेको पासमा डियोपले बक्सभित्रबाट उत्कृष्ट गोल गरे । यससँगै काठमाडौँ १–० ले अग्रता लियो । ३५औँ मिनेटमा धनगढीले बराबरी गोल फर्कायो । मोहम्मत एलले डिफेन्डरलाई छक्याउँदै दिएको बललाई हिजाजीले बक्सभित्र कडा निगरानीबीच गोल गरेका हुन् ।

यससँगै खेल १–१ को बराबरीमा पुग्यो । ४१औँ मिनेटमा धनगढीले अग्रता लियो । कृतिसरत्न छुन्जुले अगाडि बढाएको बल काठमाडौँका डिफेन्डरले ब्लक गर्दा हिजाजीको खुट्टामा बल पुग्यो । सो बललाई हिजाजीले पोस्टको दिशा दिए । त्यसपछि पहिलो हाफको थप समयमा हिजाजीले ह्याट्रिक पुरा गरे ।

सर्जियो बारबोजाको पास सदुपयोग गर्दै हिजाजीले ६ यार्ड बक्सबाट गोल गरे । उनी यस सिजनको एनएसएलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि बने । पहिलो हाफमा धनगढी ३–१ ले अग्रता बनायो । दोस्रो हाफमा दुवै तर्पmबाट गोलका प्रयास भए ।

तर, गोल निस्किएन । ८६औँ मिनेटमा दुवै टोली १० खोलडीमा सीमित भए । एक अर्कासँग झगडा गरेपछि खेलका रेफ्री प्रज्वल क्षेत्रीले धनगढीका डिफेन्डर रनदीप पौडेललाई दोहोरो पहेँलोसहित रातो र काठमाडौँका फरवार्ड भिसेन्ट कोजिएलोलाई सीधै रातो कार्ड देखाएका थिए । समान चार खेलबाट धनगढीले आठ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

समान खेलबाट समान अंक भए पनि ललितपुर सिटी एफसी दोस्रो स्थानमा छ । समान खेलबाट एफसी चितवन ७ र काठमाडौँ ५ अंकसहित क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *