निराशा र कुण्ठाले समृद्धिमा अवरोध ल्याउँछ : महासचिव पोखरेल

काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजमा फैलिँदो निराशा र कुण्ठालाई सकारात्मक दिशातर्फ मोड्न आग्रह गरेका छन् ।

फेसबुकमार्फत शनिबार विचार व्यक्त गर्दै पोखरेलले निराशा र कुण्ठाले समाजलाई पछाडि धकेल्ने मात्र होइन, समृद्धिको मार्गमा समेत अवरोध सिर्जना गर्ने बताए । उनका अनुसार देशलाई अगाडि बढाउन अहिले आवश्यक कुरा भनेको समाजमा बढ्दो असन्तोषलाई संकल्प र सिर्जनात्मक सोचमा रूपान्तरण गर्नु हो ।

पोखरेलले लेखेका छन्, ‘निराशा र कुण्ठाले समाजलाई पछाडि धकेल्दछ र समृद्धिको यात्रामा बाधा पुर्‍याउँछ । त्यसैले समाजमा देखिएको असन्तोषलाई निराशा होइन, संकल्प र सिर्जनामा परिवर्तन गर्ने प्रयास गरौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *