चारदेशीय टी-२० श्रृङ्खला : हङकङसँग भिड्दै नेपाल

काठमाडौं । चारदेशीय टी-२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दै छ । हङकङको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुनेछ । अपराजित नेपाल फाइनल पुग्ने लक्ष्यमा छ ।

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो । नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । हङकङ र कुवेतको २-२ अंक छ, कतार अंकविहीन छ । शीर्ष टोली फाइनलमा पुग्नेछ, तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि आइतबार खेल्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *