हङकङसँगको खेल नतिजाविहीन हुँदा नेपाल चारदेशिय टी–२० सिरिजको फाइनलमा


काठमाडौं । नेपाल चारदेशिय टी–२० सिरिजको फाइनलमा पुगेको छ ।
वर्षाको कारण घरेलु टोली हङकङविरुद्धको खेल रद्द हुँदा प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका हुन् ।
शुक्रबार लिग चरणको अन्तिम खेल नेपाल र हङकङ भिडिरहेका थिए । तर, खेल नौ ओभर पुग्दा नै वर्षाको कारण रद्द भएको थियो । हङकङले तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो । वर्षाका कारण खेल अघि बढ्न नसक्दा दुवै टोलीले अंक बाँडे ।
३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भएको छ । एक खेल मात्र जितेको हङकङको ३ अंक मात्र भयो ।
टस जितेर बलिङ गर्ने निर्णय लिएको खेलमा नेपालले टोलीमा रिजन ढकाललाई समेट्दै करण केसीलाई विश्राम दिएको थियो ।
नेपालले समूह चरणको सुरुवाती दुवै खेलमा जित हासिल गरेको भएता पनि फाइनल पुग्न भने हङकङलाई हराउनु पर्ने समीकरण तयार थियो । कुवेतले ३ खेलमा २ जित र १ हारसँगै ४ अंक जोड्दै नेपालभन्दा राम्रो रनरेट रहेकाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
शनिवार सम्पन्न पहिलो खेलमा कुवेतले कतारलाई फराकिलो अन्तरले हराएपछि नेपालको फाइनल यात्रा अन्तिम खेलमा टिकेको हो ।
अब नेपालले उपाधिका लागि कुवेतसँग खेल्नेछ । दुईबीचको खेल आइतबार हुनेछ ।
