आयोगको पदाधिकारीमा जो आएपनि संक्रमणकालीन न्यायको मर्म बुझेको हुनपर्छ: प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्तिहरूलाई बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आयोगको पदाधिकारी नियुक्त गर्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् । उनले आयोगको पदाधिकारीमा जो आएपनि संक्रमणकालीन न्यायको मर्म बुझेको र टुंग्याउने प्रतिबद्धता भएको व्यक्ति आवश्यक रहेको बताए । ज्ञवालीले यसअघि गठन भएको आयोगले पनि संक्रमणकालीन न्याय टुङ्ग्याउँदा जनतामा विश्वास गुमेको भन्दै अब बन्ने आयोग विश्वास आर्जन गर्न सक्ने हुनुपर्ने बताए । उनले सबैले जिम्मेवारीबोधका साथ योगदान गर्न सके संक्रमणकालीन न्याय टुंगो लगाउन सकिने बताए । ज्ञवालीले संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेर यसअघि नै ६३ हजार निवेदन दर्ता भइसकेको र २५ सय धेरै बेपत्ताका निवेदनहरू रहेको बताए । यौनजन्य दुर्व्यवहार, बलात्कार लगायतका निवेदनहरू अझै आउने क्रम रहेको बताए । त्यसलाई समाधान गर्न र सत्य स्थापित गर्नेकुरामा अघि बढ्नुपर्ने बताए ।

उपमहासचिव ज्ञवाली भन्छन्, ‘संक्रमणकालीन न्याय टुंग्याउनका लागि जो आयोगमा पदाधिकारी आउँछ । जो आएपछि संक्रमणकालीन न्यायको मर्म बुझेको, र त्यो टुंग्याउने कमिटमेण्ट लिएर आउनुपर्छ । किनभने हामीलाई च्यालेन्ज छ । दुई दुई वटा आयोगहरूले आफ्नो कार्य सम्पादन गर्न नसकेको कारणले अब बन्ने आयोगले गर्दछन् भन्ने कुराको विश्वास दिलाउनु नै हाम्रो निम्ति ठूलो चुनौती । म आग्रह गर्दछु, यसमा सबैले जिम्मेवारीबोधका साथ योगदान गरौँ । ६३ हजार पहिलादेखि नै दर्ता भइसकेको निवेदनहरू छन्, टिआरसीमा । २५ सय धेरै बेपत्तामा छन् । यौनजन्य दुर्व्यवहार, बलात्कार लगायतका निम्ति थप गरेका छौँ । अरु थपिँदैछन् । आफैँमा एउटा ठूलो कुरा छ । त्यसलाई समाधान गर्न र सत्य स्थापित गर्नेकुरामा हामी जानुपर्छ ।’

ज्ञवालीले संक्रमणकालीन न्याय टुंग्याउन धेरै कुरा गर्न बाँकी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *