वीरगञ्जमा कर्फ्यु आदेश

काठमाडौं । वीरगञ्जमा अवस्था तनावग्रस्तबने पछि कर्फ्यु लगाइएको छ ।

शनिवार दिउँसो हिन्दु र मुस्लिम समुदायबिच तोडफोड र झडप लगतै अवस्था तनावग्रस्त बन्दै गएपछि कर्फ्यु लगाएको हो ।

कर्फ्यु साँझ ६ः३० देखि भोलि विहान १२ बजेसम्म लाग्ने आदेश भएको छ ।

वीरगञ्जमा चार किल्ला तोकि कर्फ्यु आदेश भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जस अनुसार पूर्व भेडियाही चौक, पश्चिम सिर्सिया पुल, दक्षिण शंकराचार्य गेट र उत्तरतर्फ गण्डक चौकसम्म कर्फ्यु लाग्नेछ ।

कफ्र्यू आदेश भएको क्षेत्रभित्र आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, सभा,जुलुस, बैठक, घेराउ गर्न निषेध गरिएको छ ।

सोही क्रममा केही पसलहरू र गाडीहरूमा समेत आगजनी गरिएको छ । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *