-
उद्याेगमन्त्री यादवका पीए र सल्लाहकारकाे सरकारी गाडीमा मस्ती
बैशाख ३१, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पदको दुरुपयोग गर्दै तीन वटा गाडी प्रयोग गर्दै आएका छन् ।
मन्त्रालयबाट प्राप्त विवरण अनुसार मन्त्री यादवले आफ्नै नाममा तीन वटा गाडी लिएका छन् । उनले आफ्नो नाममा तीनवटा गाडी लिएको तथ्यांकमा देखाएपनि आफ्ना आसेपासेलाई चढ्न दिएका छन् । बा २ झ १०७३ नम्बरको सोनाटा कार, बा २ झ २३४६ नम्बरको टाटा स्ट्रोम जीप र बा २ ज ३०९१ नम्बरको टोयोटा रेफो मन्त्री यादवले प्रयोग गर्ने गरेको मन्त्रालयले जनाएको छ ।
एकै मन्त्रीलाई ३ वटा गाडी किन ?
आवश्यकताकै कारण मन्त्रीले तीनवटा गाडी प्रयोग गरेको मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका सहसचिव पुष्पराज शाहीले दावी गरे । तर, मन्त्री यादवले आफ्नो नाममा लिएको तीन मध्ये एक वटा मात्र गाडी चढ्ने गरेका छन् । बाँकी २ वटा गाडी आफू निकटकालाई चढ्न दिने गरेका छन् । ‘एकै जनालाई तीन वटा गाडी किन चाहियो ? उनका आसोपासेले सरकारी गाडीमा मस्ति गरिरहेका छन्,’ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
मन्त्री यादवले आफ्ना सल्लाहकार र सहयोगीको नाममा समेत सरकारी गाडी दिलाएका छन् । सल्लाहकार विश्वप्रकाश सुवेदीले बीएए ३९७३ नम्बरको गाडी चढ्छन् ।
मन्त्री यादवले संसदको निर्देशन टेरेनन्
यसअघि व्यस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले प्रधानमन्त्री कार्यालयदेखि सबै मन्त्रालयसँग सवारीसाधनको विवरण माग गर्दै सरकारी गाडीको दुरुपयोगप्रति चासो देखाएको थियो ।
सरकारी सवारीसाधन सञ्चालन मापदण्ड नभएकाले दुरुपयोग भएको निष्कर्ष निकाल्दै समितिले विवरण माग्दै दुरुपयोग रोक्न आग्रह गरेपनि उद्योग मन्त्रीले भने संसदलाई टेरेका छैनन् ।
निराश मन्त्री
लगानी सम्मेलनमा अंग्रेजी बोल्न नसकेर विवादमा परेका उद्योगमन्त्री यतिबेला निराश भएर बसेका छन् । दिनप्रतिदिन नेपालको वैदेशिक व्यापार घाटा बढ्दो छ । देशमा महंगी बढ्दो छ । आन्तरिक उत्पादकत्व कमजोर भएको हुँदा नुनदेखि सुनसम्म, धनीयाँ देखि टमाटरसम्म विदेशबाट ल्याउनु परेको छ ।
प्रधानमन्त्री र अर्थमन्त्रीसँग पनि राम्रो सम्बन्ध नहुँदा मन्त्रीपद मात्रै ओगटेका यादवलाई आफ्नै कार्यकर्ता र सल्लाहकारको सरकारी गाडी मोहले अर्को टेन्सन थपिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले यही २९ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।बैठकले केन्द्रीय विभाग र आयोगहरुलाई पूर्णता दिन ७ दिनभित्र प्रस्ताव पेश गर्न प्र... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मङ्सिर १४ गते सम्पन्न निर्वाचनको परिणामले मुलुुकको राजनीति सङ्लिँदै गएको सङ्केत गरेको छ । मतपरिणाम सार्वजनिक भएसँगै राजनीतिक वृत्तबाट विभिन्न टीकाटिप्पणी र दृष्टिकोण सार्वजनिक भए पनि विजयी उम्मेदवार, निकटतम प्रतिद्वन्द्वी र अन्य... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौँ । सोमबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । दिउँसो १ बजे नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीको उपस्थित बिना नै धुम्बराहीस्थित नेकपाको पार्टी कार्यालयमा बैठक सुरु गरिएको हो ।केही दिनअघि मात्र त्रिवि शिक्षण अस्पताल महाराजगन्ज... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने प्रतिवद्धता जनाएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवशरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले ठूला माछा र साना माछाको प्रशंग चल्ने गरेको बताउँदै भ्रष्... जारी राख्नुहोस...
-
-
मंसिर २३, मोरङ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले उपनिर्वाचनमा देखिएको परिणामबाट पार्टी बलियो भयो भन्न सकिने अवस्था नरहेको भन्दै निर्वाचनमा विभिन्न समूहको सहयोग रहेको चर्चा... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको कार्यकारी भूमिका पाएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्ने बताइएको छ । यसअघि सचिवालयको बैठक आज बिहान ९ बजेका लागि बस्ने भनिएको भए... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । अतिक्रमित नेपाली भूमि कालापानी र लिपुलेकबारे चर्चा हुन थालेको महिना दिन वितिसक्दा पनि नेपालले ठोस निकास निकाल्न सकेको छैन। सरकारले यो विषयमा भारतसँग राजनीतिक र कूटनीतिक तहमा वार्ता गर्ने भने पनि सार्थकता नपाएपछि प्रधानमन्त्री केपी ओलीले चासो देखाएका छन्।काश्मिरलाई राखेर गत कात्त... जारी राख्नुहोस...
-
-
लगभग १५,२०६ किलोमिटर टाढा ब्राजिलको साओ पाउलो नेपालबाट ठ्याक्कै विपरित दिशामा रहेको दक्षिण अमेरिकी देशको एउटा शहर । ८ सय किलोमिटर प्रति घण्टाका दरले जेट एयरमा उड्दा पनि १९ घण्टा लाग्छ पुग्नलाई । कात्तिक १५ गते म लगायत नेपालबाट अन्य तीन जनाको टोली ब्राजिल जान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रस्थान... जारी राख्नुहोस...
-
-
मंसिर २२, काठमाडौं । धरान उपमहानगरमा नेकपाले हार्नुमा स्थानीय जनप्रतिनिधिमा दुईतिहाइ बहुमतको दम्भ, त्यसका कारण जनभावनाअनुसार काम गर्न नसक्नु र पार्टी एकीकरणमा ढिलाइ मुख्य कारक हुन् । पार्टीमा शीर्ष तहबाटै गुटबन्दी, कांग्रेसलाई अन्य दलको साथ पनि चुनाव हारेको नेकपाकै नेताले औंल्याएका छन् ।हार्नुको कार... जारी राख्नुहोस...
-
-
मंसिर २१, काठमाडौँ । नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उनको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन् ।पार्टी एकता वा पार्टीभित्रको अन्तरसङ्घर्षका विभिन्न मोडमा नेता गौतमको भूमिका निर्णायक रहँदै आएको छ । सरकार वा... जारी राख्नुहोस...
-