-
कार्यालय सहयोगीको न्यूनतम तलब ५० हजार पुर्याउन सम्भव छ ?
काठमाडौं, ९ जेठ । नेपाल निजामति कर्मचारी युनियन (संघ) ले गत बैशाख २८ गते कर्णाली प्रदेशको जुम्लाको सदरमुकाम खलंगामा बसेको संघको चौथो केन्द्रिय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गरेको छ । बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर संघले उक्त बैठकका निर्णयहरु सार्वजनिक गरेको हो । संघले समायोजनमा भएको विभेद र त्रुटीलाई छानविन गर्न उच्चस्तरीय छानबिन समिति निर्माण गर्न सरकारलाई अनुरोध गर्नेसमेत निर्णय गरेको छ ।
संघले बैठकको निर्णय सार्वजनिक गर्दै जवरजस्ती रुपमा गरिएको समायोजन प्रकृयाद्धारा उल्टो पिरामिड आकारमा संघमा बढि जनशक्ति तथा प्रदेश र स्थानीय तहमा जनशक्तिको अभाव भएको बताएको छ । प्रदेश र स्थानीय तहमा कर्मचारी अभाब हुँदा चुस्त दुरुस्त सार्वजनिक सेवा पाउने जनताको हकलाई कुण्ठित पारेको तथा समायोजनको नाममा जवरजस्ती रुपमा कर्मचारीहरुको वृत्तिविकास अवरुद्ध गरी नैराश्यता बढाएको संघको ठहर छ ।
संघको चौथो केन्द्रिय कार्यसमितिको बैठकले राष्ट्रसेवक कर्मचारीको तलव अत्यन्त न्यून भएकाले आगामी बजेटमा जिविकोपार्जन गर्न पर्याप्त तलव वृद्धि र मापदण्डका आधारमा सवै निकायमा प्रोत्साहन भत्ताका सथै विदासहितको पर्यटन, आवास, पारवहन खर्चलगायतका सुविधाहरुको व्यवस्था गर्न माग गरेको छ ।
संघका अध्यक्ष गोपाल प्रसाद पोखरेलले आउने बजेटमा कर्मचारीसम्बन्धीका विषयहरुमा आफूहरुले सरकारको ध्यानाकार्षण गराएको सुनाए । उनले सरकारले विगत दुई वर्षदेखि राष्ट्रसेवक कर्मचारीहरुको सेवा तथा सुविधा वृद्धि नगरेकोमा असन्तुष्टि पोखे ।
पोखरेलले राष्ट्रसेवक कर्मचारीका दुई जना छोराछोरीलाई निःशुल्क शिक्षा र निजामति अस्पतालमा पूर्ण छुटसहितको स्वास्थ्य सेवा पाउनुपर्ने, कर्मचारीलाई आवासको व्यवस्था गरिनुपर्ने उनको माग छ । ‘कर्मचारीले चर्को घरभाडा तिरेर बस्ने अवस्था नआओस् ।’ उनले भने । अध्यक्ष पोखरेलले सबै कर्मचारीहरुलाई समान भत्ताको व्यवस्था गर्नुपर्नेपनि माग राखे ।
संघका महासचिव सुवोध देवकोटाले कर्मचारी समायोजन अझै पूर्ण नभएको दाबी गरे । ‘सरकारले कर्मचारी समायोजन पूर्ण भयो भनेर दाबी गरिरहेको छ, तर यसमा कुनै सत्यता छैन् । अहिलेपनि २० प्रतिशतभन्दा बढि कर्मचारीहरुले समायोजनप्रति गुनासो हाल्नुभएको छ ।’ उनले भने ।
संघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले राष्ट्रसेवक कर्मचारीको तलव शतप्रतिशत वृद्धि हुनुपर्ने माग गरे । त्यस्तै, उनले कर्मचारीलाई महँगी भत्तापनि बढाउनुपर्ने बताए । संघले अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाउने ज्ञापनपत्र पनि आजै सार्वजनिक गरेको छ । संघद्वारा सार्वजनिक उक्त ज्ञापनपत्रमा आगामी बजेटमा कर्मचारी कर्मचारीबीच गरिने विभेदको अन्त्य गरि कार्यसम्पादनका आधारमा सबै कर्मचारीहरुलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्न माग गरिएको छ ।
संघले विद्यमान अवस्थामा कर्मचारीहरुको मौद्रिक तथा गैर मौद्रिक तत्वहरु अत्यन्तै न्यून रहेकोले आर्थिक वर्ष २०७६–७७ को बजेटमा केही कुराहरु अनिवार्य रुपमा सम्बोधन गर्नको लागि सरकारसमक्ष माग गरेको छ । ‘विद्यमान तलवमान अत्यन्तै न्यून भएकोले जीवन निर्वाहको लागि कर्मचारीहरुको न्युनतम आधारभुत आवश्यकत्ता परिपुर्ति हुने गरि निजामति सेवामा रहेको विकृतिलाई निर्मुल पारि भ्रष्टाचारलाई न्यूनिकरण गर्न कार्यालय सहयोगीको मासिक तलवमान न्यूनतम पचास हजार र सोही अनुपातमा अन्य पदहरुको तलबमान कायम गरियोस् ।’ जारी विज्ञप्तीमा भनिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २८, पूर्वी नवलपरासी । कावासोती-३ मा सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।सेनाको सवार ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा... जारी राख्नुहोस...
-
-
मंसिर २८, धनुषा । महेन्द्रनगरमा शक्तिशाली बम बिस्फोट हुदाँ २ जनाको ज्यान गएको छ । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित महेन्द्रनगर, इलाका प्रहरी कार्यालय नजिकै बम बिस्फोट हुदाँ स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु हाे ।राति १२ बजे राज... जारी राख्नुहोस...
-
-
मंसिर २७, काठमाडौं । तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकको प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ मागदाबीसहित शुक्रबार विशेष अदालत काठमाडौंमा प्रमुख भन्सार अधिकृत बस्नेतसहित... जारी राख्नुहोस...
-
-
मंसिर २७, काठमाडौं । काठमाडौंको प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको निधन भएको छ । शुक्रबार बिहान ७ बजे टेकुस्थित आफ्नै निवासमा ९२ वर्षको उमेरमा निधन भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।श्रेष्ठ एक वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित थिए । उनको आजै पशुपति आर्यघाटन दाहसंस्कार गरिएको छ ।आजभन्दा... जारी राख्नुहोस...
-
-
मंसिर २७, काठमाडौं । सिद्धबाबा भनिने कृष्ण गिरीलाई पुनः तेस्रो पटक म्याद थप गरिएको छ । प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १० दिन म्याद थपका लागि अदालतसँग अनुमति मागेको थियो । तर शुक्रबार जिल्ला अदालत सुनसरीले तीन दिनको म्याद थप गरेको हो... जारी राख्नुहोस...
-
-
मंसिर २७, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी पेसा सेवाको पेसा भएको स्पष्ट पार्दै बर्दीमा दाग लगाउन नहुने बताएका छन् । शुक्रबार प्रहरी तालिम केन्द्र महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १ सय ७९ को दिक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा आईजीपी खन... जारी राख्नुहोस...
-
-
मंसिर २७, काठमाडौं । धादिङको एक लघुवित्तमा कर्मचारीमै मिलेमतोमा दुई करोड रुपैंया हिनामिना भएको छ । नाडेप लघुवित्त वित्तिय संस्थाका कर्मचारीले झण्डै दुई करोड रुपैयाँ हिनामिना गरेका हुन् । लघुवित्तको विराटनगर शाखा नम्बर ०२१ र ०२४ बाट १ करोड ९३ लाख २६ हजार १ सय १९ रुपैयाँ हिनामिना भएको पुष्टि भएको हो ।... जारी राख्नुहोस...
-
-
मंसिर २७, काठमाडौँ । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ७० हजार ८ सयमा कारोबार भईरहेको छ । त्यसैगरी आज तेजाबी सुनमा... जारी राख्नुहोस...
-
-
मंसिर २७, काठमाडौं । जाडो बढेसँगै बाजुरामा बिहीबार अपरान्ह्देखि हिमपात र वर्षा शुरु भएको छ । हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिमपात भएका कारण चिसोले जनजीवन प्रभावित बनेको हो । चिसोका का... जारी राख्नुहोस...
-
-
मंसिर २७, काठमाडौं । मालपोत कार्यालय काभ्रेपलाञ्चोकका नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभे्रको मालपोत कार्यालयका नायब सुब्बा रोसकाजी जस्पाउलेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । रोसकाजीले खरिद बिक्री भएको जग्गाको राजस्व र लाभकरसमेत दाखिला गर... जारी राख्नुहोस...
-