-
‘कम्युनिष्ट सरकारले धर्मपनि बेच्यो, संस्कृति पनि बेच्यो अब मुलुक पनि बेच्न बेर छैन’
मोरङ क्षेत्र नम्वर ६ ‘ख’ का प्रदेश सभा सांसद केदार कार्की प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एक नम्बर प्रदेशका प्रमुख सचेतक समेत हुन् । प्रखर वक्ताको रुपमा परिचित केदार कार्की युवाहरु माझ लोकप्रिय पनि छन् । कार्कीसँग समसामयिक राजनीतिका सन्दर्भमा विवेक मिश्रले गरेको कुराकानीको सम्पादित अंशः
प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको पनि २ वर्ष बितिसकेको छ यस विचमा के कस्ता काम र समस्याहरुको समाधान गर्न सफल हुनुभयो ?
यो समय भित्रमा सबभन्दा ठूलो जोड मैले शिक्षामा दिएको छु । त्यस सँगसँगै सामाजीक विकासलाई पनि उत्तिकै महत्व दिएको छु । सबभन्दा विकसित मेरै क्षेत्र पर्छ किनभने, मेरो क्षेत्र बिराटनगर महानगर भित्र पर्छ । तर, पनि यो क्षेत्र प्रदेश भित्रको सबभन्दा अविकसित क्षेत्र हो जस्तो लाग्छ । यहाँ अत्याधिक सुकुम्बासीहरु हुनुहुन्छ, ग्राभेल सम्म नभएका बाटोहरु अझै छन् । दयनिय अवस्थाका विद्यालयहरु छन् । यहाँ अत्यन्तै धनी मानीसहरु पनि छन् । सबैभन्दा धेरै उद्योगी व्यवसायीहरु भएको क्षेत्रपनि मेरै क्षेत्र हो । यहाँका विद्यालयहरु विद्यालय नभएर जेल जस्तै बनेका छन् । विद्यालय भित्र खेल्ले ठाँउ छैन, छडि लिएर पढाउने संस्कार अझै छ । यी समस्या हटाउनको लागी यस क्षेत्रका सबै विद्यालयमा खेलकुद सामग्रीहरु पुर्याएका छौं साथै, अगे्रंजी माध्यमबाट पठनपाठन सुरु गर्न सबै सहमत भएका छौं ।
महानगरपालीका क्षेत्र भित्रै रहेर पनि आफ्नो क्षेत्र अबिकसित छ भन्दा महानगरपालीकाले चैं कस्तो भुमिका खेलीरहेको छ ?
महानगरपालीका हो, तरपनि यो क्षेत्र सुरुदेखी नै अव्यवस्थीत बसोवास भएको, बाटो ग्रावेल समेत नभएको क्षेत्र हो । बिराटनगरमा गाभिएका छेउछाउका गाँउहरुको पुराना बस्तीहरुमा समेत अहिले ग्राभेल छैन । महानगरपालीकाले बजार र बजारको छेउ सम्मलाई मात्रै बिकासको रुपमा हेर्यो । महानगर पुरैलाई हेरेन । अहिले हामी जनप्रतिनिधीहरु भईसकेपछि यसलाई झक्झकाउदै सुधार गर्ने क्रममा छौं । अहिले जनप्रतिधिनीहरु भएपश्चातको नगरपालीकाले सकारात्मकै भुमिका खेलीरहेको छ ।
तपाँई सांसद मात्र नभएर प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतक पनि हुनुहुन्छ, प्रदेश सरकारले प्रतिपक्षसँग कत्तिको समन्वयकारी भुमिका खेलिरहेको छ ?
प्रदेश सरकारले प्रतिपक्ष सँग लुकामारीको भुमिका खेलीरहेको छ । किनभने प्रदेश सरकार झुक्याउने आस्वासन दिने, चिट गर्ने गरेको छ । जसरी केन्द्रिय सरकार चिट गर्छ त्यसरीनै प्रदेश सरकार पनि त्यसकै सिको गर्दै चिट गर्ने मात्रै गर्छ । प्रदेश सरकार आफैंले काम गर्न जानेको छैन, के काम गर्दा हुन्छ भन्ने पनि ज्ञान छैन । प्रदेश सरकार खिलाराज रेग्मीको चुनावी सरकार जस्तै भएको छ । बजेट बिनियोजन गर्दा, काम गराई हेर्दा यो सरकार चुनाबी सरकार जस्तै देखियो ।
उसले कार्यकर्ता भित्रबाट पनि गुटका मान्छेलाई मात्र व्यवस्थित गर्दै जाँदै छ । प्रदेश सरकारको प्रतिपक्ष सँग त परै जाओस् पार्टिका मन नमिल्ने मान्छेहरु संगत समेत राखेको छैन । यस्तो अवस्थामा प्रतिपक्ष सँग सुमधुर सम्बन्ध राख्छ भन्ने परिकल्पना गर्नु त हामीले आश गर्नु मात्रै हुन्छ ।
प्रतिपक्षले पनि भूमिका खेल्न नसकिरहेको भन्छन् नि ?
यो चैं हेर्ने आँखा हो । प्रतिपक्षले भुमिका राम्रो नखेलेको देख्नुहुन्छ किनभने उहाँहरुले सभामुखलाई जूत्ता हान्नु भो । हामीले हानेका छैनौं । उहाँहरुले बजेट भाषण गर्न जाँदै गरेको अर्थमन्त्रीको ब्रिफ्रकेस खोस्नु भो, हामीले खोसेका छैनौं । उहाँहरुले संसद भवनको सबै टेवल कुर्सिहरु फोर्नु भो, हामीले त्यसो गरेनौं । हामिले रचनात्मक भुमिका मार्फत रोष्टममा गएर जनताको चासोका विषयहरु र सरकारले गरेका गैर न्यायिक, गैर संवैधानीक कदमहरुको बिरोध गरेका छौं । शान्तिपुर्ण तवरले रोष्टम घेरेका छौँ, नारावाजी पनि गरेका छौं । अब त्यसलाई भुमिका नभनेर के भन्ने ?
केहिदिन अघिमात्रै सरकारले प्रदेश प्रमुख हरुलाई हटाएर नयाँ प्रदेश प्रमुखलाई नियुक्ति गरेको छ, यो घटनालाई ठान्नु हुन्छ ?
यो घटनालाई स्वभाविकै लिने कुरै छैन । सरकारले आफ्नो अधिकार भित्र हो भनेर भन्न सक्छ तर, यसलाई स्वभाविकै रुपले कसरी लिने ? उहाँहरुले त कार्यकर्ता राख्नुभयो । टिकटको लागी सिफारीस गरेकोले टिकट नपाएपछि भाग लगाएर प्रदेश प्रमुख बनाएर पठाइएको हो । यो निर्णय उहाँहरुको हतास मानसिकतामा भएको हो । भोली अर्को सरकार आयोभने त्यसलेपनि तुरुन्तै हटाईदिने भयो । प्रदेश प्रमुखहरुले सरकारले गरेको निर्णयमा अवरोध गरेको भए हटाउनु स्वभाविक हुन सक्थ्यो यहाँ त प्रदेश प्रमुखहरु पनि सरकारकै जस्तो भई सक्नुभएको थियो ।
सरकारले ल्याएको एउटापनि बिधेयक फर्काउनु भएको थिएन, सरकारकै सबै काम गरीराख्नु भएको थियो । उहाँहरुलाई के लाग्यो भने सबै काम गरेपनि हाम्रो पार्टीको मान्छेले भत्ता खान पाएन भनेर उनीहरुलाई हटाएर आफ्ना ल्याएका मात्र हुन् ।
कांग्रेसको सरकारका पालामा उहाँहरुलाई पनि नाम मागेको हो । उहाँहरुकै प्रदेश सरकारलाई सपथ ग्रहण गराउनको लागी प्रदेश प्रमुख अनिवार्य चाहिने भएकोले त्यसबेला सरकारले प्रदेश प्रमुख गठन गर्नुपर्ने बाध्यकारी अवस्था थियो । अहिले आएर प्रदेश प्रमुख परिवर्तन गर्दा उहाँहरुकै दरिद्र मानसिकता देखियो ।
नजिकिँदै गरेको पर्यटन वर्ष सफल बनाउन प्रदेश सरकारले कस्तो योजना ल्याईरहेको छ ?
औपचारीक रुपमा कस्तो योजना ल्याउदै छ त्यो मलाई थाहा भएन । सरकार एकदमै एकलौटी रुपमा हिँडि रहेको छ । पर्यटनमा वर्षमा पर्यटकलाई दुःख दिईन्छ, पर्यटकले हेर्ने चिजजति सबै नासिई सक्यो । आधुनिकीकरण हेर्न त सिंगापुर, थाईल्याण्ड गई हाल्छन् नी पर्यटक किन काठमाडौं आउने ? काठमाडौंको जुन नेचर थियो, जुन बनोट थियो, संस्कृति थियो, जुन परम्परा थियो त्यो आज छ ? हिजोका संस्कार संस्कृति सबै मासेर शासन गर्नेहरुले रजाई गर्ने अनि त्यहाँ को टुरिष्ट आउने ? यहाँ पनि इण्डियन पर्यटक आएभने यहाँ चार ठाँउ पुलिसले रोक्छन् र पछाडिबाट पैसा माग्छन् । छिमेकि मुलुक बाटै आउने पर्यटकहरुलाई पनि दुःख दिने व्यवहार भएपछि कसरी पर्यटक आउँछन् ?
पर्यटन वर्ष मनाउने भन्ने करोडौं रुपैया बजेट छुट्याउने, कार्यकर्ताहरुलाई समिति बनाएर पोस्ने भन्दा बाहेक पर्यटकलाई आकर्षित गर्नेखाल्को र पर्यटकलाई सुरक्षित हुनहुन्छ भन्ने योजना न तपाँइको मिडियाले देखेको छ, न मैले देखेको छु, न जनताले देखेका छन् । केवल सरकारले मात्र देखेको छ ।
भारतको नयाँ नक्सामा नेपालको केहि भूभाग परेको छ नी त्यस बिषयमा के भन्नुहुन्छ ?
यहि सिमाको कारणले २०१७ सालमा वीपी कोइराला जेल गएका थिए । त्यसबेला हिमालको बारेमा बिवाद थियो र वीपीले भारतको संसदमा गएर जवाहरलाल नेहरुलाई माफी मगाए । चीनमा गएर माओत्सेतुङ लाई हिमाल नेपालको हो भन्न लगाए । त्यतिखेर नै चीन र भारतसँग सिमा निर्धारण भयो । लिपुलेकको बारेमा भारतसँग पनि सिमाको कुरा हुँदैथ्यो र त्यतिखेर जवाहरलाल नेहरुसँग मिलेर राजा महेन्द्रले नेहरुलाई कालापानी दिएर पञ्चायत शासन लागु गरेका थिए ।
इतिहास पढ्नुस, नेपाली कांग्रेसले त्यतिबेला सरकार गुमाएको यहि सिमाको कारणले हो । राजा महेन्द्रले २०२८ सालमा कालापानीमा भारतलाई सेना राख्न दिएको हो । कालापानीमा मार्चपास गर्नजाने साथीहरु अहिले क्याविनेटमा हुनुहुन्छ अनि कालापानी माथि लिपुलेकमा चीन र भारतले सम्झौता गर्दा त कम्युनिष्टकै सरकार थियो नि । त्यतिमात्र हैन अस्ति चिनीयाँ राष्ट्रपति आउँदा लिपुलेकमा चीन र भारतले गरेको सम्झौता सच्याईयोस् भनेर माग गर्यो सरकारले ?
अहिलेको सरकारले धर्मपनि बेच्यो, संस्कृति पनि बेच्यो मलाई लाग्छ यो मुलुक पनि कहाँ कताबाट सम्झौता गरेर बेच्छ टुंगो छैन । त्यसकारण लिपुलेक, कालापानी, सुस्ता जतिपनि सिमा विवादहरु छन् समाधान गर्नुपर्छ त्यो भूःभाग हाम्रै हो । यसमा कुटनीतिक रुपले चीनसँग पनि हामीले कुरा गर्नुपर्छ । लिपुलेक नेपालको हो भन्ने बिषयमा दुईमत छैन ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २६, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कात्तिक २६ मा माधव नेपाललाई बालुवाटारमा बोलाएर तीन प्रस्ताव गरे, १० बढ्दो तिक्तता हटाउने र हार्दिकता बढाउने, २० पार्टी कार्यालय पुनर्निर्माणको जिम्मा दिने र ३० कालापानी सीमा विवाद समाधान गर्न ‘विशेष दूत’ का रूपमा भारत पठाउने।झन्डै तीन महिनाको संवादहीनता... जारी राख्नुहोस...
-
-
मंसिर २६, काठमाडौँ । नेपाल प्रेस युनियनको महाधिवेशन निर्धारित समय यही मङ्सिर २८ र २९ गते नहुने भएको छ । युनियनले बुधबार एक विज्ञप्तिमार्फत राष्ट्रिय र महत्वपूर्ण सवालका विविध कारणले निर्धारित समयमै महाधिवेशन गर्न असमर्थ भएको जनाएको छ ।महाधिवेशन तोकिएको विभिन्न समयमा संविधान कार्यान्वयनका लागि तीन तह... जारी राख्नुहोस...
-
-
काठमाडौं, २५ मंसिर । भूमी व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्यमा कुमारी अर्यालले सरोकारवाला, विज्ञ र सरकारबीच सहमति गरेर छिट्टै गुठी विद्येयक अघि बढाईने स्पष्ट पारेकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले गुठी विद्येयक अघि बढाउनेबारे तयारी भएको बताएकी हुन् ।... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदूत निकोला पोल्लिटले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग, आपसी हित र सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । केन्द्रीय कार्यसमितिको बैठकको तयारीका लागि पार्टीको पदाधिकारी बैठक बस्न लागेको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजे बस्ने बैठकमा भोलिदेखि शुरु हुने केन्द्रीय समिति बैठकका कार्यसूचीबारे छलफल... जारी राख्नुहोस...
-
-
मंसिर २४, मोरङ । नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले हिन्दू राष्ट्रका विषयमा जनमत सङ्ग्रह गर्नु पर्ने बताएका छन्। धर्मलाई लिएर मुलुकमा बिरोधका स्वरहरू उठ्न थालेकाले धार्मिक स्वतन्त्रताका विषयमा जनमत संग्रहले मात्रै अन्तिम निष्कर्ष निकाल्ने उनले बताएका छन्।मोरङको पथरी शनिश्चरेमा जीपी को... जारी राख्नुहोस...
-
-
मंसरि २४, काठमाडौ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारको उल्लङ्घन भए दोषीलाई कानूनको दायरामा ल्याउने बताएका छन् । मानवअधिकारको उल्लङ्घन हुन नदिन र यदी भएमा साेकाे अनुसन्धान गरी दोषीलाई कानूनको दायरामा ल्याउने बताएका हुन् ।उनले विश्व मानवअधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिदैँ यस्तो... जारी राख्नुहोस...
-
-
मंसिर २४, काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन आउँदो पुस ४ गतेदेखि बोलाउन सरकारले राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सिफारिस गरेको हो ।सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले संसदको अधिवशेन बोलाउने संवैधानिक व्यवस्था छ ।आगामी हिउँदे अधिवेशनमा प्रत... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले यही २९ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।बैठकले केन्द्रीय विभाग र आयोगहरुलाई पूर्णता दिन ७ दिनभित्र प्रस्ताव पेश गर्न प्र... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मङ्सिर १४ गते सम्पन्न निर्वाचनको परिणामले मुलुुकको राजनीति सङ्लिँदै गएको सङ्केत गरेको छ । मतपरिणाम सार्वजनिक भएसँगै राजनीतिक वृत्तबाट विभिन्न टीकाटिप्पणी र दृष्टिकोण सार्वजनिक भए पनि विजयी उम्मेदवार, निकटतम प्रतिद्वन्द्वी र अन्य... जारी राख्नुहोस...
-