-
डेंगु कसरी सर्छ ? यसबाट कसरी बच्ने ?
साउन १४, विराटनगर । गर्मीको मौसममा विशेषगरी तराईमा विभिन्न किसिमका रोगहरु फैलिन्छन् । हुन त गर्मीमा जुनसुकै ठाउँमा पनि विभिन्न रोगहरुको प्रकोप देखा पर्छन् । त्यसमाथि पनि प्राकृतिक प्रकोपका कारण पनि विभिन्न रोगहरु फैलिरहेका हुन्छन् ।
विशेषगरी तराईमा फरक खालका रोगले ब्यक्तिहरु संक्रमित भइरहेका हुन्छन् । तराईमा गर्मीयाममा देखिने विभिन्न रोग मध्ये अहिले महामारीको रुपमा फैलिँदै गएको रोग हो डेंगु । बुढीगंगा गाउँपालिका टंकी २ मा अवस्थित बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पनि अहिले प्रत्येक दिनजसो डेङगुका बिरामीको उपचार भइरहेको छ ।
वास्तवमा यो डेंगु के हो ? यसका लक्षणहरु के के हुन ? यो रोग कसरी फैलिन्छ ? यो रोगबाट बच्ने उपायहरु के–के हुन् ? यसबारे बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मेडिसिन विभागका डा.राम कुमार मेहेता सँगको कुराकानीः
डा.राम कुमार मेहेता
डेंगु भनेको के हो ?
डेंगु भनेको भाइरल इन्फेक्सन हो । यो एडिज लामखुट्टेको टोकाइबाट सर्छ । एडिज लामखुट्टे भनेको एक प्रजातीको लामखुट्टे हो, जुन प्राय गरेर कृतिम भण्डारण गरेर राखेका फ्रेस पानीमा बस्छ । यसले प्रायः दिनमा टोक्ने गर्छ ।
डेङगु विभिन्न प्रकारका हुन्छन् । साधारणतया सबै डेङगु खतरनाक हुँदैनन् । डेंगु कुनै साधारण लक्षण देखिएर पनि हुन्छ भने कुनै असाधारण लक्षण देखाएर पनि हुन्छ । यो रोग लागेका ९७ प्रतिशतलाई सामान्य ज्वरोको रुपमा हुन्छ । यो साधारण लक्षण हो । शरीरका जुनसुकै भागबाट रक्तश्राव बढी हुने, वीपी कम हुने हुन्छ । यो प्लेटलेट्स कम भयो भने खटिरा धेरै आउँछ । यस्तो देखिएमा असाधारण लक्षण हुन्छ र यसलाई जटिल मानिन्छ । यसको निर्मुल गर्ने उपचार भने हुँदैन । लक्षण अनुसारको उपचार मात्र हुन्छ । सँगसँगै यसले अरु रोगसँग लड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसले गर्दा अरु रोगले यदि आक्रमण गर्यो भने झनझन जटिल बन्दै जान्छ ।
डेंगु संक्रमण कसरी हुन्छ ?
डेङगु संक्रमण एक किसिमको एडिज लामखुट्टेले गर्छ । हात मिलाउँदैमा, अंगालो मार्दैमा सँगै खाना खाँदैमा यो भाइरस सर्दैन । संक्रमित भएको ब्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यहि लामखुट्टेले सामान्य ब्यक्तिलाई टोक्यो भने डेङगु सर्छ । पानी जम्ने ठाउँमा गर्मीमा र पानी बग्ने व्यवस्था राम्रोसँग नहुने ठाँउमा एडिज लामखुट्टे बढी सक्रिय हुने गर्दछ ।
डेंगु रोगका लक्षणहरु के–के हुन् ?
WHO २००९ अनुसार Dengue without sign जसमा एकदमै बढी ज्वरो आउँछ । ५ देखि ७ दिनसम्म जिउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखा मुनि दुख्ने जस्ता साधारण लक्षण देखा पर्छन् ।
यसैगरी खटिरा आउने, रक्तश्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने तथा रक्तचाप निकै कम हुने हुन्छ । अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने भएपनि बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जान सक्छ ।
डेंगुबाट बच्ने उपायहरु के के हुन ?
सामान्यतयाः डेङ्गुबाट बच्न निम्नानुसार सावधानी अपनाउनुपर्छः
१. लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
२. घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ ।
३. घर नजिक कुनै पनि झाडी राख्नु हुँदैन
४. लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु पर्छ ।
५. झ्याल ढोकामा जाली राख्नुपर्छ ।
६. शरीर पुरै ढाक्ने कपडा लगाउनुपर्छ ।
७. सरसफाइमा ध्यान दिनुपर्छ ।
८. आफ्नो घर वरीपरी मात्र होइन समुदाय, समाजलाइ पनि सफा सुग्घर राख्न मद्दत गर्नेडा. मेहेता बिराट मेडिकल कलेज टिचिङ्ग अस्पतालको मेडिसिन विभागमा कार्यरत छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
१९ वर्ष पहिले अलोमा लोबो पहिलो पटक निशासँग बैंग्लोरमा मिलेकी थिइन् ।अलोमा एक डाक्टर हुन् । उनी अक्सर त्यो अनाथालयमा गइरहन्थिन् जहाँ निशालाई जन्म दिने आमा बुवाले छोडेर गएका थिए ।निशा अनाथालयमा रहने अन्य बच्चाहरु भन्दा बिल्कुल फर देखिन्थिइन् । एक दुर्लभ आनुवंशिक रोगका कारण उनको आँखा थिएन । छाला निकै स... जारी राख्नुहोस...
-
-
मंसिर २९ । छाला सबैभन्दा सिजलै देिखने अंग भएकोले हामीलाई छालामा भएका कुनै पनि असामान्यतालाई सजिलैसंग पत्ता लगाउन सकिन्छ । छालामा क्यान्सरको जोखिम हुनुको मुख्य कारण वंशाणुगत गुण हो ।वंशमा वा परिवारका सदस्यहरूमा छालाको संक्रमण छ भने अन्य सदस्यहरूमा पनि हुन सक्ने सम्भावना धेरै हुने गर्छ । शरीरमा भएका द... जारी राख्नुहोस...
-
-
मंसिर २९, काठमाडौं । पछिल्लो समय मानिसहरुमा मोटोपनको समस्या अत्याधिक देखिएको चिकित्सकहरुले बताएका छन् । मोटोपन घटाउन विभिन्न प्रकारका डाइटहरु प्रयोग गर्ने गरिएपनि प्रभावकारी हुन नसक्नुमा विभिन्न कारण रहेको बुझिएको छ । मोटोपन घटाउनका लागि थुप्रै रेस्टिकसन डाइटहरु प्रयोग गर्ने गरेको विराट मेडिकल शिक्ष... जारी राख्नुहोस...
-
-
एजेन्सी । के तपाईले पर्याप्त यौन सम्पर्क गरिरहनु भएको छ ? यौन सम्पर्कबाट हुने स्वास्थ्य लाभको बारेमा पढेपछि सायद यौन सम्पर्कको दर बढाउने विषयमा सोच्नुभएको हुनसक्छ ।हप्तामा धेरै पटक यौन सम्पर्क गरेका विवाहित ब्यक्तिहरू वा यौन सम्बन्धमा रहेकाहरु अधिक आनन्दित भएको एक अध्ययनले देखाएको छ । हप्तामा चार वा... जारी राख्नुहोस...
-
-
मंसिर २७। मान्छे निश्चित उमेरपछि बढ्न बन्द हुन्छ भन्ने गरिन्छ । तर विज्ञहरु यो कुरा मान्न तयार छैनन् । उनीहरु भन्छन् केही यस्ता एक्सरसाइज छन् जो नियमित गर्ने हो भने शरीरको लम्बाई बढाउन मद्दत गर्दछ ।शरीरको लम्बाइ बढाउनका लागि सबैभन्दा उत्तम उपाय हो स्किपिङ । जसलाई हामी सामान्य भाषमा डोरी खेल्ने पनि भ... जारी राख्नुहोस...
-
-
मंसिर २७, काठमाडौँ। उपचार खर्च तिर्न नसकेर अस्पतालबाट डिस्चार्ज हुन नपाएकी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ की ललितादेवी खंगलाई हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साहले २५ हजार रुपैयाँ सहयोग गरेका छन् । एक महिनाअघि सुत्केरी भएकी ललितादेवीले विराटनगरस्थित विराटनगर अस्पतालमा उपचारबाप... जारी राख्नुहोस...
-
-
मंसिर २७, काठमाडौं । मौसमी परिवर्तनले शरीरलाई धेरै प्रकारले प्रभाव पार्छ। अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्। मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन्। जसका कारण जानीनजानी विभिन्न स्वास्थ्य समस्या नि... जारी राख्नुहोस...
-
-
मंसिर २६, विराटनगर । प्रदेश नं.१ का सामाजिक मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मात्रै सहभागिताले ‘पूर्ण खोप अभियान’ सार्थकता नहुने बताएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विराटनगरमा बुधबार आयोजना गरेको खोप कार्यक्रमको उद्घाट गर्दै मन्त्री घिमिरेले खोप अभियान अत्यन्तै ठूलो र चुनौतिपूर्ण रह... जारी राख्नुहोस...
-
-
मंसिर २५। जाडो शुरु भएसँगै अनुहार सुख्खा र फुस्रो हुनु सामान्य हो । यस्तो अवस्थामा अनुहारको बढी ख्याल राख्नुपर्ने डाक्टरहरुको सल्लाह छ । यस्ता छन् चिसोमा अनुहारको ख्याल राख्ने डाक्टर अशुम्ता सिंहको ४ उपाय ।१. दुधको तर र महदुधको तर सबैभन्दा बढी मोस्टराइजर (अनुहारलाई सुख्खा हुन नदिने तत्व) हुन्छ । जसल... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडौ । जाडो मौसममा शरीरलाई स्वस्थ राख्न खानापानमा पनि विशेष ध्यान दिनुपर्छ । चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ । खानपान र व्यायाममा ख्याल गरिएन भने चिसोमा शरीरमा पानी र क्यालोरी कम हुन्छ । जसले गर्दा विभिन्न रोगको संक्रमण शुरु हुन थाल्छ । च... जारी राख्नुहोस...
-