-
झापाको सैनिक युथ क्लब मुख्यमन्त्री कप प्रदेश लिग च्याम्पीयन
साउन १, सुनसरी । मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलका खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै झापाको सैनिक युथ क्लब च्याम्पीयन बनेको छ । धरान रंगशालामा मंगलबार दिउँसो झापा र मोरङबीच भएको प्रतिष्पर्धात्मक खेलमा २ गोल गर्दै जीत हात पारेका हो । जसमा झापको तर्फबट रेजन माझी र कप्तान बिकेह सुब्बाले गोल गरेका थिए ।
त्यस्तै, मोरङको बेलबारी फुटबल क्लबको तर्फबाट एक सान्तवना गोल सौरभ कार्कीले फर्काएका थिए भने उनी नै सो खेलको म्यान अफ द म्याच समेत घोषीत हुँदै टर्फि संगै नगद १० हजार पाएका छन् । त्यस्तै खेलमा उत्कृष्ट गोलकिपर झापाका मनोज प्रधान घोषीत भए भने झापाकै बिमल प्रसाद राई उत्कृष्ट डिफेन्स, उत्कृष्ट फरवार्ड झापाकै बिकेश सुब्बा, उत्कृष्ट प्रशिक्षक झापाकै प्रबेश कटुवाल र उत्कृष्ट मिडफिल्डमा धरान फुटवल क्लबका उमेश राई घोषीत हुँदै टर्फिका साथै नगद २५/२५ हजार पाएका छन् ।
त्यसैगरी सोही प्रतियोगीतामा सर्वात्कृष्ट खेलाडीको पुरस्कार बेलबारी फुटवल क्लबका भुषण सुब्बाले पाएका छन् जसको राशी नगद १ लाख रहेको थियो । मुख्यमन्त्री कप प्रदेश लिगमा एक नं प्रदेशका १४ जिल्लाका जिल्ला च्याम्पियन क्लबको सहभागीता रहेको थियो । पहिलो चरणमा धरान, इलाम र उदयपुर गरी तीन क्षेत्र छुट्याएर प्रतियोगिता गराइएको थियो भने तीन क्षेत्रका उत्कृष्ट २ टिम गरी ६ टिमले फाइनल चरणमा प्रतिष्पर्धा गरेका थिए ।
फाइनल चरणमा सुनसरी, धनकुटा र मोरङलाई एक समुह र झापा, इलाम र खोटाङलाई अर्को समुह बनाएर लिग खेलाइएको थियो । पहिलो चरणमा 'क' तर्फको समुह विजेता झापाले खोटाङलाई ६–३ गोल अन्तरले र इलामलाई ३–१ गोल अन्तरले पराजित गरी फाइनल यात्रा तय गरेको थियो । भने, अर्को तर्फको समुह विजेता मोरङले धनकुटालाई ६–१ गोल अन्तर र सुनसरीलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
फाइनलको विजेता भएसंगै झापाको सैनिक क्लबले एक महिना क्लबमा राख्न मिल्ने गरी ४ केजी चाँदीको रनिङ ट्रफिका साथै ५ लाख नगद पुरस्कार प्राप्त गर्ने छ भने उपविजेताले ३ लाख नगद प्राप्त गरेको छ । त्यस्तै गरी फाइनल चरण खेल्ने ४ टिमलाई ७५ हजारका दरले सान्त्वना पुरस्कार समेत प्रदान गरिएको छ । यो विजयी संगै प्रतियोगिताको विजेताले अन्तर प्रदेश फुटबल प्रतियोगिता खेल्ने र अन्तर प्रदेशको उत्कृष्ट ४ टिमले राष्ट्रिय लिग समेत खेल्न पाउने अवसर समेत पाएको छ ।
धरान १६ स्थित प्रस्तावित रंगशालामा समापन खेलमा १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्नुभएको थियो भने एक नं प्रदेशका समाजीक बिकास मन्त्री जीवन घिमिरे, एन्फाका उपाध्यक्ष कर्माछिरिङ लामा प्रदेशका सासंदहरु लगायतको उपस्थिीती रहेको थियो । साथै सोही कार्यक्रममा सुनसरी ईटहरीका बाल गायक तथा भारतीय जी टीभीको रियालीटी सो सारेगामाप मा तेश्रो हुन सफल प्रितम आचार्यलाई पनि नगद ५० हजारले सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २३, काठमाडौं । १३ साग मा पौडीबाट मात्रै नेपाललाई चार स्वर्ण पदक पाएको छ । यो सवर्ण नेपालका लागि गौरिका सिंहले दिलाएकी हुन् । सोमबार भएको पौडीमा गौरिकाले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ४ वटा स्वर्ण पदक जितेकी हुन् । उनले एउटै सागमा चार स्वर्ण ज... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत नेपालले जुडोमा स्वर्ण पदक जितेको छ । सोमबार ७८ केजीमुनिको तौल समूहमा पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । १३ औं सागमा नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो । योसंगै नेपालले जितेको स्वर्ण पदकको संख्या ४८ पुगेको छ । जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत बक्सिङमा नेपाललाई दोश्रो सफलता मिलेको छ । सोमबार र्भको खेलमा ६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेसंगै नेपालले बक्सिङमा दुइृ स्वर्ण पदक जितेको हो । उनले भारतीय खेलाडी मनिष कौशिकलाई पराजित गर्दै नेपाललाई स्वर्ण दिलाएका हुन्... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) मा नेपालको महिला फुटबल टोलील भारतसँग पराजित भएपछि टीम मुख्य प्रशिक्षक हरि खड्काले प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । फुटबलमा नेपाललाई स्वर्ण दिलाउन दावी गरेका खड्काले असफल भएपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन् । पोखरा रंगशालामा सोमबार... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । साग अन्तर्गत सुटिङ विधामा कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण रजत र कास्य गरि कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरि २९ पदक जितेको हो । दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्य सहित १४ पदक हात पारे... जारी राख्नुहोस...
-
-
मंसिर २३, पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ । यो हारसंगै नेपाल को सपना चकनाचुर भएको छ । यो सागमा पनि नेपालले भारतलाइृ हराउन सकेन । पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोल अन्तरले हरायो ।भारतका लागि लागि दुबै गोल बालादेवीले गरि... जारी राख्नुहोस...
-
-
मंसिर २३ काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको बक्सिङमा नेपालले स्वर्ण जितेको छ । नेपालकी मिनु गुरुङले स्वर्ण पदक दिलाएक िहुन् ।सातदोबाटोस्थित कराते हलमा सोमबार भएको फाइनलमा उनले भारतीय खेलाडीलाई अंकको आधारमा पराजित गरेकी हुन् । उनले ५४ केजी तौल समूहको खेलमा स्वर्ण जितेक िहुन् ।... जारी राख्नुहोस...
-
-
मंसिर २३ पोखरा । दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पारेको छ ।१० वटा स्वर्ण पदकको लागि भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिम तर्फ स्वर्ण पदक हात पारेको हो । सोमबार भएको रिकर्भ महिला तथा पुरुष तर्फ बंगलादेशले स्वर्ण पदक हात... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) को बक्सिङमा नेपालले रजत जितेको छ । सोमबार भएको ४८ किलो तौल समुहमा नेपालकी ललिता महर्जन फाईनलमा भारतसंग हारेपछि उनी रजतमै सिमित भएकी हुन् । महर्जन भारतकी कलाइभानी श्रीनिवासनसँग पराजित भएकी हुन् । जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । जारी १३औं सागको महिला फुटबलको फाइनलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भैरहेको छ । पोखरा रंगशालामा जारी खेलको पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको भारतले दोश्रो हाफको सुरुमै अर्काे गोल गर्दै २ ० गोलले अगाडि रहेको छ । भारतका लागि दुबै गोल बालादेवीले गरेकी हुन् । जारी राख्नुहोस...
-