-
तपाईलाई बैंकमा जागिर खान मन छ ? त्यसो भए तपाईमा यी गुन हुनु आवश्यक
साउन २७ । प्रत्येक स्थानमा काम गर्ने कर्मचारीहरूसँग असल गुण हुन् जरुरी छ l तर बैङ्कमा काम गर्ने कर्मचारीहरूसँग भने विशेष गुण हुन् अति आवश्यक पर्दछ l अन्य क्षेत्र भन्दा बढी लगाव चाहिने यस क्षेत्रमा काम गर्ने कर्मचारीहरूमा निम्नलिखित गुणहरू हुनु आवश्यक पर्छ l
इमानदारिता
बैङ्कमा काम गर्ने कर्मचारीहरू इमानदार हुनु अति नै आवश्यक हुन्छ । कर्मचारीहरू बैङ्कको आर्थिक कारोबारहरूमा प्रत्यक्ष रूपमा संलग्न हुनुपर्ने भएकोले यो गुण अति नै मह्त्वपुर्ण गुण मानिन्छ ।सर्तक तथा जागरूक
बैङ्कमा आर्थिक कारोबार हुने भएकोले त्यहाँका कर्मचारीहरू सदैव सर्तक भई काम गर्नुपर्ने हुन्छ । समाजको अराजक तत्वहरु ग्राहकको रूप धारण गरी बैङ्कमा आएर विभिन्न प्रकारको गर्न नहुने कामहरू गर्न सक्ने सम्भावना पनि उतिकै भएकोले बैङ्कको कर्मचारीहरू सर्तक तथा जागरूक हुनु पर्दछ ।स्वतन्त्र
यदि तपाईँ बैङ्कमा काम गर्नु हुन्छ भने आफ्नो काम स्वयंले गर्ने बानी बसाल्नुपर्दछ l आफ्नो जिम्मेवारीको कामहरू गर्नको लागि अरू कर्मचारीको सहयोग लिने अवस्था नआएको नै राम्रो हुन्छ । तसर्थ, बैङ्कको कर्मचारीले आफ्नो काम गर्नको लागी अरूमा भर नपरिकन स्वतन्त्र भई काम गर्न सक्ने हुनुपर्दछ ।नयाँ काम सिक्न तत्पर
बैङ्कमा काम गर्ने कर्मचारीहरू आफूलाई समयानुकुल परिष्कृत गर्नको लागि पनि केही न केही दैनिक रूपमा सिकिरहनु पर्ने हुन्छ । तसर्थ, कर्मचारीहरू सदैव नयाँ नयाँ कुराहरू सिक्नको लागि तत्पर रहनुपर्दछ ।कुशल संचारकर्ता
बैङ्कमा काम गर्ने कर्मचारीहरूमा कुशल संचारकर्ता हुन् अति आवश्यक छ l कर्मचारीहरू ग्राहकहरूसँग निरन्तर संवाद गर्नुपर्ने हुन्छ । बैङ्कको कर्मचारीहरूले आर्थिक कारोबारहरूको सम्बन्धमा ग्राहकहरू नहिचकिचाई तथा झन्झट नमानिकन सञ्चार गरी रहनुपर्ने भएकोले यो गुण हुन् अति महत्त्वपूर्ण छ l एजेन्सी
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २३, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एक गेस्ट हाउसमा तीन नेपाली बालिकालाई बालात्कार गरेको आरोपमा एक अमेरिकी नागरिक पक्राउलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार आईतबार बलात्कारको आरोपमा उक्त विमानस्थल नजिकै रहेको गेस्ट हाउसको कोठा नं १०४ बाट ४० वर्षीय अमेरिकी नागरिक जेसन लोयड... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । भ्रष्टाचार र वेथितिले ढल्न लागेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तङ्ग्रिने क्रममा छ । प्रतिष्ठानमा भइरहेका पछिल्ला सुधारका कामले प्रतिष्ठान सुधारोन्मुख अवस्थामा गएको छ । खासगरी ब्यवस्थापन र उपचार सेवामा अहिले प्रतिष्ठानमा धमाधम योजना बनाएर काम थालिएको प्रतिष... जारी राख्नुहोस...
-
-
मंसिर २३, कैलाली । कैलालीमा १७ वर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आईतबार साँझ बलात्कारको आरोपमा कैलालीको मोहन्यालय गाउँपालिका १ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई पक्राउ गरिएको हो । बिकलाई ईलाका प्रहरी कार्यालय सुखडकपुरबाट खटिएको प्रहरीले पक्... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोहलपुर घटनालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । आइतबार स्कुलले बालबालिकामाथि भएको प्रहरी ज्यादतीको विरोध गर्दै नेविसंघले सोमबार बिहान प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।... जारी राख्नुहोस...
-
-
मंसिर २३, सिरहा । सिरहामा मोटरसाइकल र एम्बुलेन्स एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको स६प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स१च ६९३ नम्बरको एम्बुलेन्स एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार... जारी राख्नुहोस...
-
-
मंसिर २३, धरान । किर्ते गरेर चेक साटेको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुईजना विद्यार्थी र बैंकका दुईजना कर्मचारी पक्राउ परेक छन् ।पक्राउ पर्नेमा प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्वेश झा र सिरहाको मिर्चैयास्थित सनराइज बैंकमा कार्यरत कर्मचारी अजयकुमार कर्ण र देवर... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ। निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरीले पछिल्लो पटक अनुसन्धानको सुई... जारी राख्नुहोस...
-
-
मंसिर २२, काठमाडौं । नक्सालस्थित होटेल मेरिएटको पहिलो तलामा छ, एडमामे रेष्टुरा । आरामदायी, सम्पन्न तथा आकर्षक आधुनिक एशियन शैलीको एडमामेले नयाँ चाइनिज मेन्यू सुरु गरेको छ ।‘ओक एण्ड बउल’ नामक उक्त मेन्यूमा हरेक शनिबार लञ्च आवरमा मौलिक चिनियाँ व्यञ्जन उपलव्ध हुन्छ । उक्त रेस्टुरेन्टमा जापानी, चिनियाँ... जारी राख्नुहोस...
-
-
मंसिर २२, कञ्चनपुर । भीमदत्त नगरपालिका–९ खल्लाकी ५० वर्षीया विमला महताको दिन महाकाली नदीको बगरमै मजदूरी गर्दै बित्ने गर्छ । पारिवारिक अवस्था कमजोर भएकाले तीन वर्षदेखि बस्ती छेउमै बगिरहेको महाकालीको बगरमा बालुवा र गिट्टी छानेर परिवारको खर्च चलाउन लागिपरेको महताको भनाइ छ ।उनको परिवारको आम्दानीको स्रोत... जारी राख्नुहोस...
-
-
मंसिर २२, बुटवल । पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । नवलपरासीको अरुणखोलाबाट इँटा लोड गरी निस्दीको काउलेतर्फ आउँदै गर्दा पाल्पाको निस्दी गाउँपालिका–३ धार्केसिङ्गमा प्रदेश नम्बर ३,०–१–००–३ क ४४५६ नम्बरको टिप्पर दुर्घटना हुँदा सहचालकको ज्यान ग... जारी राख्नुहोस...
-