-
पञ्चाङ्ग र यो साताको राशिफल, शुभ रंग र अंकसहित
कात्तिक ३०, काठमाडौँ । वि.सं. २०७६ कात्तिक ३०। शनिबार। इ.स. २०१९ नोभेम्बर १६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष।
चतुर्थी, १८:४१ उप्रान्त पञ्चमी। नक्षत्र– आर्द्रा, २३:३३ बजेउप्रान्त पुनर्वशु। योग– सिद्ध, ७:५७ बजेदेखि साध्य, २९:५४ बजेउप्रान्त शुभ। करण– वव, ७:१० बजेदेखि वालव, १८:४१ बजेपछि कौलव, ३०:०६ बजेउप्रान्त तैतिल।
आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:२६ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २६ घडी ९ पला। कार्तिक मसान्त।
तपाइको यो साताको राशिफलको राशिफल
मेष
यो साता नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यको योगपनि छ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।वृष
यो साता शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ-नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।मिथुन
यात्राका विशेष अवसर मिल्ने छन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । गरेको कार्यमा सफलतापनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग ध्वाँसे वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको ध्यान गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।कर्कट
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । साताको मध्यमा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग कालो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।सिंह
लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभ रङ्ग हरियो वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।कन्या
यो साता लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।तुला
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । व्यापारमा मनग्ये धनलाभ हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।वृश्चिक
गरेको कार्यमा बाधा आउनसक्छ । वियोग र छटपटी बढ्नाले मन कमजोर रहला संयमता अपनाउनु राम्रो हुनेछ । अनावश्यक धन खर्चपनि हुनेछ । मध्य साताबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग हरियो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।धनु
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । स्वास्थ्यमा सुधारपनपि आउला । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।मकर
यो साता पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । साताको अन्त्यमा परिवारमा मायामा कमी आउनेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग घ्यूरङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।कुम्भ
रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पार्टी तथा सेमिनारमा सहभागी भईएला । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग कलेजी वा कालो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।मीन
यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला अत: सचेत रहनुहोला । साताको मध्यबाट नसोचेको ठाउँ बाट धन हात पर्नेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । मंगल कार्यको योगपनि छ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग पहेंलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा शुभकामना व्यक्त गरेकी छिन् ।राष्ट्रपति कार्यालयद्वारा एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य,... जारी राख्नुहोस...
-
-
मंसिर २६, काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउ... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडौं । बिहीबार विभिन्न समुदायको चाडपर्व रहे पनि सावर्जनिक बिदा नरहेको गृह मन्त्रालयले जनाएको छ ।धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा बिहीबार सरकारले सार्वजनिक विदा दिएको छैन ।गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले भने, ‘बिहीबार कुनै... जारी राख्नुहोस...
-
-
मंसिर २६, काठमाडाैं । वि.सं. २०७६ मंसिर २६। बिहीबार। इ.स. २०१९ डिसेम्बर १२। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। पूर्णिमा, ११:०२ उप्रान्त प्रतिपदा। नक्षत्र– रोहिणी, ७:२० बजेउप्रान्त मृगशिरा। योग– साध्य, १५:३० बजेउप्रान्त शुभ। करण– वव, ११:०२ बजे... जारी राख्नुहोस...
-
-
मंसिर २५, विराटनगर । प्रकृति पूजक किराँतहरुको महान चाड चासोक तङ्नाम अर्थात उभौली पर्व बिहिबार देखि देशका बिभिन्न भूगोलमा बसोबास गर्ने किराँत समुदायमा सुरु हुँदैछ । पूर्वी नेपालको किँराती समुदायमा रहेका राई, लिम्बु, याख्खा जातीहरुले मंसिरे पूर्णिमा लागे पछि उद्यौली पर्वका रुपमा चासोक तङ्नाम मनाउने गर... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडाैं । वि.सं. २०७६ मंसिर २५। बुधबार। इ.स. २०१९ डिसेम्बर ११। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। चतुर्दशी, १०:५४ उप्रान्त पूर्णिमा। नक्षत्र– रोहिणी, ३१:२० बजेउप्रान्त मृगशिरा। योग– सिद्ध, १६:४२ बजेउप्रान्त साध्य। करण– वणिज, १०:५४... जारी राख्नुहोस...
-
-
मंसिर २४, मोरङ । नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले हिन्दू राष्ट्रका विषयमा जनमत सङ्ग्रह गर्नु पर्ने बताएका छन्। धर्मलाई लिएर मुलुकमा बिरोधका स्वरहरू उठ्न थालेकाले धार्मिक स्वतन्त्रताका विषयमा जनमत संग्रहले मात्रै अन्तिम निष्कर्ष निकाल्ने उनले बताएका छन्।मोरङको पथरी शनिश्चरेमा जीपी को... जारी राख्नुहोस...
-
-
मंसिर २४, काठमाडौ। प्राय:जसो मानिसहरु विवाह गरेपछि वा विवाह नहुनुअघि निकै नै फरक हुन्छन् । कुनै मानिस विवाह गरेपछि निकै नै खुसी हुन्छन् भने कुनै मानिस निकै नै निराश हुने गर्छन् । त्यस्तै नयाँ जानकारीको लागि यदि तपाईंको नामको अगाडीको अक्षर ही, हू, हे, हो, डा, डू, डी, डे वा डो आउँछ भने तपाईंको राशी कर... जारी राख्नुहोस...
-
-
मंसिर २४, काठमाडौँ । वि.सं. २०७६ मंसिर २४, मंगलबार, इ.स. २०१९ डिसेम्बर १०, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, त्रयोदशी, १०:१६ उप्रान्त चतुर्दशी। नक्षत्र– कृत्तिका, ६:३३ बजेउप्रान्त रोहिणी, योग– शिव, १७:३० बजेउप्रान्त सिद्ध, करण– तैतिल, १०:१६... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौँ । वि.सं. २०७६ मंसिर २३। सोमबार। इ.स. २०१९ डिसेम्बर ९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। द्वादशी, ९:०७ उप्रान्त त्रयोदशी। नक्षत्र– भरणी, २९:१६ बजेउप्रान्त कृत्तिका।योग– परिघ, १७:५४ बजेउप्रान्त शिव। करण– वालव, ९:०७ बजेदेखि क... जारी राख्नुहोस...
-