-
तरकारीको विषादी परीक्षण रोक्न भारतीय पक्षको चलखेल, त्रिवि भित्रका बेथिति
काठमाडौं, २४ असार । आजका दैनिक पत्रिकाहरुले तरकारीको विषादी परीक्षण रोक्न भारतीय पक्षले गरेको चलखेलदेखि त्रिभुवन विश्वविद्यालयभित्रका बेथितिसम्मका विषय उठाएका छन् । त्यस्तै, बालुवाटार जग्गा खरीद अनियमितता, चालू खर्चको पारदर्शिता, नेकपाको राजनीतिक दस्तावेजमा समेटिएका विषयवस्तुको चर्चा पनि पत्रपत्रिकाहरुले गरेका छन् ।
कान्तिपुरले ‘साताअघि नै भारतको दबावमूलक पत्र’ शीर्षक दिएर तरकारीको विषादी परीक्षण रोक्न भारतीय दूतावासले दिएको दबावबारे मुख्य समाचार बनाएको छ । भक्तपुर मालपोतका कार्यालय प्रमुख छँदा सुधीरकुमार शाह र गृह मन्त्रालयमा रहेका गेहनाथ भण्डारीले ४ रोपनी २ पैसा जग्गा पत्नीहरुको नाममा गराएको अर्को खबर पनि कान्तिपुरमा छ ।
अन्नपूर्ण पोस्ट दैनिक पनि बढ्दो विषादीको प्रयोगकै विषयमा केन्द्रित छ । ‘विकराल बन्दै विषादी’ शीर्षक समाचारमा अन्नपूर्णले लेखेको छ– तरकारी र फलफूलको गुणस्तर परीक्षण नगरी खाँदा नागरिकको स्वास्थय जोखिममा पर्ने चिन्ता चिकित्सकले गरेका छन् । विषादीयुक्त सागसब्जी र फलफूल निर्वाध रुपमा आयात गर्न आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको दाबी उनीहरुको छ ।
गोरखापत्रले विश्वविद्यालयमा दलीय भागबन्डा अन्त्य गर्न विज्ञले दिएको सुझावलाई प्रमुख समाचार बनाएको छ भने राजधानीले राज्यकोषको २४ अर्ब रुपैयाँ पेश्की लिएर बेपत्ता ठेकेदारमाथि अख्तियारले छानबिन थालेको लेखेको छ ।
नागरिक दैनिकले चालू खर्चमा भइरहेको दोहनमाथि मुख्य समाचार बनाएको नेकपाको राजनीतिक प्रतिवेदनबारे चर्चा गरेको छ । नागरिकका अनुसार नेकपाले तयार पारेको राजनीतिक दस्तावेजबाट साम्यवाद हटाइएको छ । र, समाजवाद उन्मुख राज्य व्यवस्थाको कल्पना गरेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २३, काठमाडौं । भ्रष्टाचारमा शून्य सहनशीलताको मर्मसँगै पछिल्ला वर्षहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको छ । भ्रष्टाचारको उजुरी, मुद्दाको सङ्ख्या र दायर मुद्दाको सफलताको प्रतिशत पछिल्ला वर्षहरूमा वृद्धि भएको हो । यसलाई नागरिकमा भ्रष्टाचारविरुद्धको सचेतना वृद्धि भएको र आयोगको स... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ ।श्रम ऐनमा ५ प्रतिशतमात्र विदेशी कामदार राख्नसकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो । गत वर्षको ६ म... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेको घोषणा गरे पनि ट्याक्सीमा दशकौंदेखिको सिन्डिकेट भने उस्तै छ । दशकौं लामो सिन्डिकेटका कारण प्रतिस्पर्धाका आधारमा सस्तो दरमा ट्याक्सीमार्फत सेवा दिन्छु भन्नेले पनि पाएका छैनन् ।सरकार आफैंले प्रतिस्पर्धामा नयाँ ट्याक्सी दर्ता खुला न... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । अतिक्रमित नेपाली भूमि कालापानी र लिपुलेकबारे चर्चा हुन थालेको महिना दिन वितिसक्दा पनि नेपालले ठोस निकास निकाल्न सकेको छैन। सरकारले यो विषयमा भारतसँग राजनीतिक र कूटनीतिक तहमा वार्ता गर्ने भने पनि सार्थकता नपाएपछि प्रधानमन्त्री केपी ओलीले चासो देखाएका छन्।काश्मिरलाई राखेर गत कात्त... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरेको छ । घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ । अख्तियारको साउनको तथ्यांक केलाउँदा १९ वटा अप्रेसनमा १० ज... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् । सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् । उच्च पदस्थ पदाधिकारीलाई यस विषय गैरकानुनी हो भन्ने थाहा हुँदाहुँ... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौँ । राजधानीबाट प्रकाशन हुने अधिकांश पत्रपत्रिकाहरुले नेपालमा जारी सागसँगै अन्य विषयहरुलाई पहिलो पृष्ठको मुख्य समाचार बनाएका छन् । आजको नयाँ पत्रिका दैनिकले फेवातालको संरचना भत्काउन सर्वोच्चले दिएको आदेशलाई पहिलो पृष्ठको मुख्य समाचार बनाएको छ । नयाँ पत्रिकाका अनुसार २० महिनासम्म पनि... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ। निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरीले पछिल्लो पटक अनुसन्धानको सुई... जारी राख्नुहोस...
-
-
मंसिर २२, काठमाडौँ । १० असोज बालबालिका खोजतलास केन्द्रले मनोहरा नगरपालिका–८ स्थित सामाजिक तथा मानवीय सरोकार केन्द्रको बालगृहबाट ११ बालबालिकाको उद्धार गर्यो । यी सबैजना मुगुको छायानाथ नगरपालिका र खत्याड गाउँपालिकाका थिए ।४ भदौ प्रगतिशील महिला समाज संस्था मातहतको वाईपीसी बलम्बुबाट राष्ट्रिय बालअधिकार... जारी राख्नुहोस...
-
-
मंसिर २२, काठमाडौं । १३औँ साग खेल्न आएका १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण भएको छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।महिला फुटबलर गायथ्री नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको छ । महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन् । स्वास्थ... जारी राख्नुहोस...
-