-
किन लगाइन्छ जनै ?
साउन ३०, काठमाडौं । हिन्दुहरुको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणीपूर्णिमा (जनैपूर्णिमा) का दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ ।
ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र सबैको आ–आफ्नो जाति, धर्म आस्था हुन्छ । विशेषगरी ब्राह्मण, क्षेत्री, वैश्य यी तीन जातिसँग धार्मिक रुपमा जनै पूर्णिमा अर्थात ऋषी तर्पणी पूर्णिमा जोडिएको पाइन्छ । यद्यपी पछिल्लो समयमा अधिकांश हिन्दु धर्मावलम्बीले यो पर्व मनाउने गर्दछन् । वर्षमा एकचोटी आउने यो पर्व श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।
यो दिन रक्षाबन्धन (धागो) बान्ने, श्रावणी कर्म गर्ने र ऋषितर्पणी कर्म गर्ने, नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गर्ने शास्त्रीय मान्यता छ । हिन्दु धर्मावलम्बिमा जन्मिएका बालक ७ वर्ष, ९ वर्ष, ११ वर्ष र १३ वर्षको उमेरमा व्रतबन्ध गरिन्छ । ब्रतबन्धपछि बल्ल उसले यज्ञोपवीत धारण गर्ने अर्थात जनै लगाउने परम्परा रहेको छ ।
हिन्दूहरुको १६ संस्कारहरुमध्येको यज्ञपवित धारण संस्कार एकदमै महत्वपूर्ण हुन्छ । त्यो यज्ञपवित धारण गरिसकेपछि जुनसुकै व्यक्ति पनि घर गृहस्थमा परिपक्व हुन्छ । उसको धार्मिक कर्महरु चल्न थाल्छन् र उसले गरेका कर्महरु भगवानमा समर्पण हुन्छन् भन्ने धार्मिक मान्यता रहेको छ ।
हिन्दु संस्कार गरिसकेपछि उसले वर्षैपिच्छे जनै परिवर्तन गर्नुपर्ने हुन्छ । आफ्नो आत्मरक्षाको लागि, आफ्नो धर्मको लागि उसले जहिल्यै यज्ञोपवीत धारण गर्नैपर्ने शास्त्रीय नियम छ । बीचमा असहजहरु पर्यो, त्यस्तो केही समस्याहरु आयो या जुठो, सुतकहरु पर्यो भने परिवर्तन गर्नैपर्छ । यदी त्यस्तो भएन भने पनि तीन–तीन महिनामा त्यसलाई परिवर्तन गर्नैपर्छ भन्ने मान्यता छ । अभिमन्त्रित गरेर राखिएको जनैलाई आवश्यकता परेको बेलामा लगाउन सकिन्छ । तर, विशेष तः जनैपूर्णिमा अनिवार्यरुपमा जनै परिवर्तन गर्नै पर्ने धार्मिक मान्यता छ ।
जनैमा खासगरी शास्त्रीय मान्यता अनुसार श्रावणी कर्महरु हुन्छन् । ऋषिहरुलाई तर्पण दिइन्छ । नौ वटै धागोमा देवीदेवताको आह्वान हुन्छ, पूजा हुन्छ । त्यसमा पञ्चशिखा हुन्छ । पञ्चशिखामा ब्रह्मा, विष्णु, महेश्वर, गायत्री मन्त्रद्वारा अभिमन्त्रित हुन्छ । सबै विधिद्वारा त्यसलाई अभिमन्त्रित गर्ने भनेकै जनैपूर्णिमाको दिन नै हो । अन्य समयमा जनैको अभिमन्त्रित गर्नु उपयुक्त मानिदैन ।
यसरी बनाइन्छ जनै
काँचो धागोलाई तेब्बर बनाएर त्यसलाई पनि तीन सरा बनाएर नौ वटा काँचो धागो बराबरको एउटा धागो बनाइएको हुन्छ । फेरि नौ गुणन ६ गरेर जम्मा ५४ सराको एउटा जनै निर्माण हुन्छ । त्यो एउटा जनैभित्र पनि पाँच–पाँच शिखा हुन्छन् । विशेषगरी हामीले धारण गर्ने जनैमा पाँच वटा शिखाः ब्रह्मा, विष्णु, महेश र गायत्रीसहित अन्य देवी देवताहरुको पूजा हुन्छ । यसमा ६ वटा डोराको जुन जनै हुन्छ , त्यसमा १० वटा देवताहरुको प्राण प्रतिष्ठा हुन्छ । पूजा गरेर त्यसलाई धारण गरिन्छ ।
१० वटामा पहिलो धागो ओमकार, दोस्रो अग्नी, तेस्रो नाग, चौँथो चन्द्रमा पाँचौँ पितृ, छैठौँ ब्रह्मा, सातौँ वायु, आठौँ सूर्य र नौवौँ सरामा सबै देवी देवताहरुको पूजा हुन्छ ।त्यो जनै धारण गर्नुभन्दा पहिले सप्तर्षीहरुलाई तर्पण दिने शास्त्रीय विधान हुन्छ । श्रावणी कर्म गरिन्छ । अघिल्लो दिन एकछाकि बसेर, कपाल खौरिएर, सात्विक कुराहरु मात्रै खाएर भोलिपल्ट श्रावणी कर्म गरिसकेपछि यज्ञपवित अर्थात् जनै शास्त्रीय विधान अनुसार धारण गरिन्छ ।
कहाँ गएर लगाउने ?
नजिकैको खोला, नदी, तलाउ, समुद्र, किनार जहाँ आफूलाई पायक पर्छ, त्यहीँ गएर श्रावणी कर्म गरिन्छ । यसको विधि हुन्छ । खोलामा गएर विभिन्न स्नानहरुः माटो स्नान, भस्म स्नान, गोबर स्नान, गहुँत स्नान, ऋषितर्पण लगायत श्रावणी कर्म गरिसकेपछि अभिमन्त्रित गरी जनै धारण गर्ने हो । यो भरसक नदी खोला तलाउ, शिवालय लगायत धार्मिक ठाउँमा गएर लगाउने प्रचलन छ ।
जनै लगाउने बिहान गोबरले, गहुँतले नुहाएर मात्रै चोखो भइन्छ भन्ने होइन । यो विशेष आस्थासँग जोडिएको छ । हामीले नुहाएर आफूसँग भएका नराम्रा कुराहरु फालेर मन सफा राख्न सक्यौँ भने अझै राम्रो हुन्छ । पुरानो यज्ञोपवीतमा जनैसँगसँगै हाम्रो मनमा भएका पुराना जतिपनि नराम्रा कुराहरुः रिस, काम, क्रोध, लोभ, मोह, इष्र्या छन् तीनलाई त्याग गरीे सकारात्मक सोचको संकल्प यस्ता संकल्प गर्ने दिन पनि हो आज । यस्तो गर्न सक्यौँ भने मात्रै जनैपूर्णिमा सार्थक हुन्छ ।
त्यस्तै रक्षाशुत्र (जनैपूर्णिमाका दिन हातमा बाँधिने डोरो) मा पनि सबै देवीदेवताहरुको आह्वान हुन्छ । पूजा हुन्छ । त्यसरी पाठपुजा गरिएको रक्षाशुत्र हामीले बाँध्यौँ भने सबै प्रकारबाट रक्षा हुने शास्त्रीय मान्यता छ ।
हाम्रो नेपाली परम्परामा जनै पूर्णिमाको दिन बाँधिएको रक्षा डोरो लक्ष्मी पूजाको दिन गाईको पुच्छरमा बाँध्ने प्रचलन चलिआएको छ । यो शास्त्रीय कुरा होइन, प्रचलन, लोकाचार मात्रै हो । गर्नैपर्छ भन्ने छैन । भरसक लगाइराख्ने हो रक्षा डोरो । तर जुन दिन हामीलाई असजिलो हुन्छ, सफा राख्न सकिँदैन त्यो दिन फुकाउँदा हुन्छ ।
‘अहिले दिदीबहिनीहरुले दाजुभाईलाई पनि डोरो बाँधिदिने प्रचलन छ । जसलाई राखी भनिन्छ । यो भारतीय प्रचलन हो । भारतबाट भित्रिएको परम्परा हो । हाम्रो नेपाली समाजमा ठुलाबडा, मान्यगन्य गुरुहरुले डोरो बाँधिदिने प्रचलन छ ।’
यो दिन क्वाँटी पनि खाइन्छ । क्वाँटीको विशेषता अलि फरक छ । श्रावण महिनाभरी दूध नखानु, भगवानलाई अर्पण गर्नु भन्ने शास्त्रीय मान्यता छ । गेडागुडी पनि भरसक नखानु भनिन्छ श्रावण महिनामा ।
पूर्णिमाबाट श्रावण सकियो, अब स्वास्थ्यवद्र्धक कुराहरु दुधदेखि लिएर अन्य पोषिलो कुराहरु खानु हुन्छ है भन्ने एक प्रकारको संकेत हो । क्वाँटीमा भिटामिन बढी हुने, शरीरमा तागत आउने भएका कारण खाइन्छ । एकमहिनादेखि नखाइ बसेको यो दिनदेखि खान हुन्छ है भन्ने खालको प्रचलन मात्रै हो । त्यस्तो विशेष केही होइन ।
(ज्यो.प.नारायणप्रसाद दुलालसँग मकालु खबर संवाददाता द्वारिका नेपाल (सृष्टि)ले गर्नु भएको कुराकानीमा आधारित)
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २९, विराटनगर । १७ औं अन्तर्राष्ट्रिय दुई दिने मैथिली सम्मेलन विराटनगरमा हुने भएको छ । मैथिली भाषा, संस्कृतिको संरक्षण तथा प्रर्वधन गर्न बिराटनगरमा दुई दिने अन्तराष्ट्रिय सम्मलेन हुने भएको हो । मैथिली एसोसिएशन नेपालको आयोजनामा पुष ६ र ७ गते विराटनरमा १७ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुन लाग... जारी राख्नुहोस...
-
-
मंसिर २९ । ज्योतिष शास्त्र अनुसार शरीका विभिन्न अंग फरफराउँदा राम्रो र नराम्रो योग उत्पन्न हुन्छ । त्यसका कारण तपाईको जीवनमा कुनै काम बन्ने र कुनै काम विग्रने वा लाभ हानी हुने हुन्छ । कुन अंग फरफराउँदा के हुन्छ ?मानवशरीर स्वयं पनि भविष्यका अनेक घटनाको पूर्व सूचना दिन्छ । शरीर का केही अङ्ग स्वयं फर्फ... जारी राख्नुहोस...
-
-
मंसिर २९ , काठमाडौं । भक्त द्वारा आफ्ना भगवान वा इष्टलाई प्रसन्न गराउनका लागि गरिने प्रार्थनालाई नै चालिसा भनिन्छ । हनुमान चालिसाको पाठ गर्नका लागि खास नियमको आवश्यकता छैन । तर केही यस्ता साना साना कुराको ध्यान राखेर हनुमान चालिसा पाठ गर्नुपर्छ । हनुमान चालिसामा भएको हरेक लाइनको अलग अलग महत्व छ । त्... जारी राख्नुहोस...
-
-
मंसिर २९, काठमाडौ । वि.सं. २०७६ मंसिर २९। आइतबार। इ.स. २०१९ डिसेम्बर १५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। तृतीया, ८:३१ उप्रान्त चतुर्थी। नक्षत्र– पुनर्वशु, ६:५० बजेदेखि तिष्य, २९:५२ बजेउप्रान्त अश्लेषा। योग– ब्रह्म, ९:४१ बजेउप्रान्त ऐन्द्र। कर... जारी राख्नुहोस...
-
-
मंसिर २८, काठमाडौं । वि.सं. २०७६ मंसिर २८। शनिबार। इ.स. २०१९ डिसेम्बर १४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। द्वितीया, ९:४८ उप्रान्त तृतीया। नक्षत्र– आर्द्रा, ७:२६ बजेउप्रान्त पुनर्वशु। योग– शुक्ल, ११:५८ बजेउप्रान्त ब्रह्म। करण– गर, ९:४८ बजेदेखि... जारी राख्नुहोस...
-
-
मंसिर २७ । ज्योतिषको आधारमा आज हामी तपाईंलाई शरिरका यस्तो स्थान बताउँदैछौं जहाँ कोठी हुनु निकै राम्रो र शुभ मानिन्छ । मानव शरिरमा प्राकृतिक रुपमा विभिन्न स्थानमा कोठी हुने गर्दछन् । केही मानिसहरुलाई शरिरको यो कोठी निकै राम्रो लाग्छ भने कतिलाई यस्तो कोठी घृणा लाग्छन् ।तर कोठी कुन स्थानमा हुन्छ, त्यसल... जारी राख्नुहोस...
-
-
मंसिर २७, काठमाडौँ । वि.सं. २०७६ मंसिर २७। शुक्रबार। इ.स. २०१९ डिसेम्बर १३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। प्रतिपदा, १०:३९ उप्रान्त द्वितीया। नक्षत्र– मृगशिरा, ७:३७ बजेउप्रान्त आर्द्रा।योग– शुभ, १३:५५ बजेउप्रान्त शुक्ल। करण– कौलव, १०:३९ बजेद... जारी राख्नुहोस...
-
-
मंसिर २६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा शुभकामना व्यक्त गरेकी छिन् ।राष्ट्रपति कार्यालयद्वारा एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य,... जारी राख्नुहोस...
-
-
मंसिर २६, काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउ... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडौं । बिहीबार विभिन्न समुदायको चाडपर्व रहे पनि सावर्जनिक बिदा नरहेको गृह मन्त्रालयले जनाएको छ ।धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा बिहीबार सरकारले सार्वजनिक विदा दिएको छैन ।गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले भने, ‘बिहीबार कुनै... जारी राख्नुहोस...
-