-
एन आई सी एशिया बैंकको नयाँ शाखा झापाको बिर्ताबजारमा
मंसिर १८, झापा । एन आई सी एशिया बैंकको नयाँ शाखा झापा स्थित विर्ताबजारमा सुरु भएको छ । उक्त शाखाको हिजो बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीले उद्घाटन गरेका थिए ।
उनले उक्त अवसरमा बैंकले अधिराज्यभर पुर्याएको सेवा र सुविधा प्रति जनताको विस्वास रहेको बताए । कार्यक्रममा बोल्दै मेयर शिवाकोटीले बैकले ग्रामिण क्षेत्रमा शाखा खोलेर बैकिङ सेवामा पहुँच पुर्याएको बताए ।
एन आइ सी एशिया बैंकले हाल मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सुचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।
बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७० अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
काठमाडौं । आज आइतबार शुक्रबारको तुलनामा अमेरिकी डलरसहित केहि विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ । जुन शुक्रबारको तुलनामा केहि घटेको हो । Continue Reading...
-
काठमाडौं । भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले आजबाट काठमाडौंको भृकुटीमन्डपमा नेपालमै पहिलो पटक बृहत एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ को सुभारम्भ गरेको छ । नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष भवानी राणाले उक्त कार्यक्रमको उद्घाटन गरिन् । Continue Reading...
-
काठमाडौं । आज बिहिबार हिजोको तुलनामा अमेरिकी डलरसहित केहि विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३१ पैसा तोकेको छ । जुन हिजोको तुलनामा केहि बढेको हो । Continue Reading...
-
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ मूल्यसूचीअनुसार... Continue Reading...
-
फागुन ९, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको शुरुको छ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका हुन् । Continue Reading...
-
काठमाडौं । आज बिहिबार अमेरिकी डलरसहित केहि विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०८ पैसा तोकेको छ । जुन हिजोको तुलनामा केहि घटेको हो । Continue Reading...
-
काठमाडौं । आज बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ केही किसीमको परिवर्तन भएको छैन । नेपाल राष्ट्र बैंकले मंगलबार लागि प्रकाशित मूल्यमै आज खरिद बिक्री गर्न सकिने छ । आज अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैस... Continue Reading...
-
फागुन ६, बिराटनगर । लामो समयदेखि प्रतिक्षामा रहेको निसानको उत्कृष्ट किक्स गाडी सोमबारबाट नेपाली बजारमा भित्रिएको छ । निशानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनिर मोटो कर्प प्रा.लिले बिराटनगरमा आयोजित एक कार्यक्रम बीच ‘न्यू निसान किक्स&rsq... Continue Reading...