-
गुठी विधेयक विरुद्ध भोली काठमाडौमा बिशाल प्रदर्शनको तयारी
असार ३, काठमाडाैँ । गुठी विद्येयकको विरुद्धमा बुधबार काठमाडौमा बहृत प्रदर्शनको तयारी गरिएको छ । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।
सरकारले सदनमा ल्याएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको राष्ट्रिय सभामा छलफलको क्रममा छ । सोही विद्येयको विरोधमा माइतीघरमा बेलुन उडाएर विधेयकको विरोध गर्ने, नृत्य, गीत इत्यादि प्रस्तुत गर्ने कार्यक्रम छ ।
विरोध कार्यक्रममा सयौं युवाहरुसहित प्रहरीलाई फूल दिन माइतीघर पुग्दैछन् । जेठ २६ गते गुठी विधेयकविरुद्ध माइतिघरमा प्रदर्शन गर्न पुगेका गुठीयारहरुलाई प्रहरीले लाठी र लात्ती बर्साएको सांकेतिक विरोध स्वरुप प्रहरीलाई फूल दिने कायृक्रम समेत राखिएको आयोजकले जनाएको छ ।
आयोजक मध्येका एकले मकालु खबरसंग भने ‘प्रहरी र हामी त साथी हौं । उहाँहरुलाई फूल दिएर हामी भोलि शान्तिपूर्ण प्रदर्शन गर्ने तयारीमा रहेको बुझाउने प्रयासमा हुनेछौं ।’
यसअघि जेठ २६ गते माइतीघर मण्डलमा करिब २ सय व्यक्ति भेला भएका थिए । सांस्कृतिक आन्दोलनमा एकाएक प्रहरीले लाठी, लात्ती र पानीको फोहोरा बर्साएपछि स्थिति झन् बिग्रिँदै गयो । दमनको विरोधमा उपत्यकामा त्यही रात गृहमन्त्रीको राजीनामा माग्दै मसाल जुलुस निकालेका थिए । त्यस दिनबाट दैनिक रुपमा उपत्यका मात्र नभई उपत्यका बाहिरसमेत विरोधसभा र मसाल जुलुसहरु आयोजना भइरहेका छन् ।
कहाँकहाँबाट आउदैछ जुलुस ?
बुधबारको प्रदर्शनमा काठमाडौंका विभिन्न पाँच स्थान (वसन्तपुर, टेकु, कुपण्डोल, रत्नपार्क र नयाँ बानेश्वर) बाट भेला भई बिहान ११ बजे माइतीघर पुग्ने कार्यक्रम रहेको राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले बताए ।‘उपत्यकाबाट मात्र नभई धरान, पनौती, हेटौंडा, बनेपा, पोखरा लगायतका स्थानबाट पनि मानिसहरु आउँदैछन,’ श्रेष्ठले भने, ‘भोलि माइतीघरमा हुने विरोध कार्यक्रममा करिब एक लाख मानिस जम्मा हुने हामीले अनुमान गरेका छौं । सबैलाई परम्परागत बाजा र पहिरनमा आउन आह्वान समेत गरेका छौं ।’
आन्दोलनमा सहभागी हुने मानिसहरुको व्यवस्थापन गर्नका लागि पाँच सयभन्दा बढी स्वयम् सेवक परिचालन गर्ने तयारी आयोजक समितिले गरेको छ । विरोधसभामा आउनेहरुका लागि खानेपानी र स्वास्थ उपचारको बन्दोबस्त मिलाइएको आयोजकले बताएका छन् ।
विरोधमा चर्चित कलाकारको साथ
माइतीघरमा बुधवार हुने प्रदर्शनमा सांस्कृतिक र सांगीतिक कार्यक्रम समेत आयोजना हुनेछ । हजारौं संख्यामा आउने नेवार समुदायका मानिसहरु धिमे, भुस्या लगायतका परम्परागत बाजागाजा सहित उपस्थित हुने तयारीमा छन् ।पाटन, खोकना, बालाजु, भक्तपुर थिमी, साँखु, हाडीगाउँ लगायतका स्थानबाट बाजागाजासहित मानिसहरु माइतीघर पुग्ने तयारीमा छन् । विरोध कार्यक्रममा गायक योगेश्वर अमात्य, जेम्स प्रधान, बबिन प्रधान, सञ्जय श्रेष्ठ लगायतका कलाकारहरु समेत जाने तय भएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २८, काठमाडौं । वि.सं. २०७६ मंसिर २८। शनिबार। इ.स. २०१९ डिसेम्बर १४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। द्वितीया, ९:४८ उप्रान्त तृतीया। नक्षत्र– आर्द्रा, ७:२६ बजेउप्रान्त पुनर्वशु। योग– शुक्ल, ११:५८ बजेउप्रान्त ब्रह्म। करण– गर, ९:४८ बजेदेखि... जारी राख्नुहोस...
-
-
मंसिर २७ । ज्योतिषको आधारमा आज हामी तपाईंलाई शरिरका यस्तो स्थान बताउँदैछौं जहाँ कोठी हुनु निकै राम्रो र शुभ मानिन्छ । मानव शरिरमा प्राकृतिक रुपमा विभिन्न स्थानमा कोठी हुने गर्दछन् । केही मानिसहरुलाई शरिरको यो कोठी निकै राम्रो लाग्छ भने कतिलाई यस्तो कोठी घृणा लाग्छन् ।तर कोठी कुन स्थानमा हुन्छ, त्यसल... जारी राख्नुहोस...
-
-
मंसिर २७, काठमाडौँ । वि.सं. २०७६ मंसिर २७। शुक्रबार। इ.स. २०१९ डिसेम्बर १३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। प्रतिपदा, १०:३९ उप्रान्त द्वितीया। नक्षत्र– मृगशिरा, ७:३७ बजेउप्रान्त आर्द्रा।योग– शुभ, १३:५५ बजेउप्रान्त शुक्ल। करण– कौलव, १०:३९ बजेद... जारी राख्नुहोस...
-
-
मंसिर २६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा शुभकामना व्यक्त गरेकी छिन् ।राष्ट्रपति कार्यालयद्वारा एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य,... जारी राख्नुहोस...
-
-
मंसिर २६, काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउ... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडौं । बिहीबार विभिन्न समुदायको चाडपर्व रहे पनि सावर्जनिक बिदा नरहेको गृह मन्त्रालयले जनाएको छ ।धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा बिहीबार सरकारले सार्वजनिक विदा दिएको छैन ।गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले भने, ‘बिहीबार कुनै... जारी राख्नुहोस...
-
-
मंसिर २६, काठमाडाैं । वि.सं. २०७६ मंसिर २६। बिहीबार। इ.स. २०१९ डिसेम्बर १२। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। पूर्णिमा, ११:०२ उप्रान्त प्रतिपदा। नक्षत्र– रोहिणी, ७:२० बजेउप्रान्त मृगशिरा। योग– साध्य, १५:३० बजेउप्रान्त शुभ। करण– वव, ११:०२ बजे... जारी राख्नुहोस...
-
-
मंसिर २५, विराटनगर । प्रकृति पूजक किराँतहरुको महान चाड चासोक तङ्नाम अर्थात उभौली पर्व बिहिबार देखि देशका बिभिन्न भूगोलमा बसोबास गर्ने किराँत समुदायमा सुरु हुँदैछ । पूर्वी नेपालको किँराती समुदायमा रहेका राई, लिम्बु, याख्खा जातीहरुले मंसिरे पूर्णिमा लागे पछि उद्यौली पर्वका रुपमा चासोक तङ्नाम मनाउने गर... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडाैं । वि.सं. २०७६ मंसिर २५। बुधबार। इ.स. २०१९ डिसेम्बर ११। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। चतुर्दशी, १०:५४ उप्रान्त पूर्णिमा। नक्षत्र– रोहिणी, ३१:२० बजेउप्रान्त मृगशिरा। योग– सिद्ध, १६:४२ बजेउप्रान्त साध्य। करण– वणिज, १०:५४... जारी राख्नुहोस...
-
-
मंसिर २४, मोरङ । नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले हिन्दू राष्ट्रका विषयमा जनमत सङ्ग्रह गर्नु पर्ने बताएका छन्। धर्मलाई लिएर मुलुकमा बिरोधका स्वरहरू उठ्न थालेकाले धार्मिक स्वतन्त्रताका विषयमा जनमत संग्रहले मात्रै अन्तिम निष्कर्ष निकाल्ने उनले बताएका छन्।मोरङको पथरी शनिश्चरेमा जीपी को... जारी राख्नुहोस...
-