-
काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयका रङ एकै प्रकारकाे हुने
साउन २९, काठमाडौं । काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराए ।
महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्षकको शपथ ग्रहण कार्यक्रममा उनले नगरभित्रका विद्यालयको आफ्नै पहिचान बनाउन एकै किसिमको रङ प्रयोग गर्ने बताए ।
‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालयको शैक्षिक गुणस्तर मात्र होइन भौतिक संरचनामा पनि सकेसम्म एकरुपता ल्याउने प्रयासमा लागेका छौँ’, उनले भने, ‘त्यसका लागि महानगरपालिका क्षेत्रभित्र रहेका सबै विद्यालय भवनमा एकै खालको रङरोगन गर्ने तयारी थालेका छौँ ।’ महानगरमा ९१ वटा सामुदायिक विद्यालय रहेका छन् ।
उनले त्यसको सम्पूर्ण खर्च महानगरपालिकाले ब्यहोर्नका लागि करीब रु १० करोड रकम विनियोजन गरिएकोसमेत जानकारी दिए । उनका अनुसार विद्यालयको रङरोगन गर्ने, खेल मैदान निर्माण गर्ने, वृक्षरोपण गर्ने, शौचालय र खानेपानीको व्यवस्था गर्नेलगायतका शीर्षकका लागि रु १० करोड रकम छुट्याइएको छ ।
प्रमुख शाक्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर विद्यार्थीलाई सामुदायिकतिर आकर्षित गर्नसके निजीमा पढ्न जानेको सङ्ख्या स्वतः घटेर जाने बताए । उनले अहिलेको पुस्ता सूचना, प्रविधि, योजना र नयाँनयाँ ज्ञानमा निपुण भएको भन्दै पुरानाको अनुभवसँग सहकार्य गरेर अघि बढ्ने हो भने सामुदायिक विद्यालयको गुणस्तर स्वतः वृद्धि भएर जाने बताए।
महानगरका निमित्त नगर शिक्षा अधिकारी तारापति खरेलले शिक्षकलाई शिक्षाको गुणस्तर सुधार ध्यान दिनुपर्ने बताए । शिक्षा विभागका अधिकृत मोती भट्टराईले पदस्थापन भएका शिक्षकलाई महानगरभित्रको समग्र शैक्षिक गुणस्तरलाई उकास्न र उच्चतम नतिजा प्राप्त गर्ने कुरामा भूमिका खेल्ने बताए । पदस्थापना भएर माध्यमिक तहका ३१ शिक्षक महानगरमा आएका छन् । रासस
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २९, धनुषा । धनुषा जिल्लाभरिका निजी विद्यालयहरू आइतबार बन्द गरिने भएकाे छ । महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्नमाथि कारबाहीको माग गर्दै विद्यालयहरू आइतबार बन्द गरिने भएकाे हाे ।संस्थागत विद्यालय संरक्षण समितिको आह्वानमा धनुषाभरिका नीजि विद्यालय र क्याम्पस बन्द गर्न लागिएको हो । समितिका संयोज... जारी राख्नुहोस...
-
-
मंसिर २९, काठमाडौँ । जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकामा माध्यमिक विद्यालयको सङ्ख्या कम हुँदा विद्यार्थीलाई साढे तीन घण्टाभन्दा बढी हिँडेर विद्यालय धाउनुपर्ने बाध्यता छ । विद्यालयमा छात्रावासको व्यवस्था हुन नसक्दा यी दुई गाउँपालिकाका विद्यार्थी वर्षौंदेखि साढे तीन घण्टाको बाटो हिँडेर विद्य... जारी राख्नुहोस...
-
-
फाेटाे फाइलमंसिर २७, भक्तपुर । शुक्रबार भक्तपुरमा पिकनिकका लागि हिडेँको एक बस दुर्घटना हुँदा २० जना विद्यार्थी घाईते भएका छन् भने २ को अवस्था गम्भिर रहेको छ । मदन भण्डारी मेमोरियल कलेजको पिकनिकका लागि हिडेंको बा ५ ख ४२८६ नम्बरको उक्त बस भक्तपुरको घ्याम्पेडाँडामा बिहान १०ः३० बजे दुर्घटना भएको हो । बस... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडौं । यही महिना दीक्षित हुने अपेक्षा गरेका एक नौ वर्षीय बेल्जियन बालकले द नेदरल्यान्ड्सको विश्वविद्यालय छोडेका छन्।लराँ सिमोन्सका अभिभावकले उनले डिसेम्बर २६ मा जन्मदिन अगाडि दीक्षित भएर विश्वविद्यालय अध्ययन पूरा गर्ने १० वर्षमुनिको पहिलो व्यक्ति बनाउन चाहेका थिए।तर आइन्डहोभन विश्वविद्... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडौँ । लोकसेवा आयोगले बुधबार विज्ञापन निकाल्दै ७ सय ६८ जना शाखा अधिकृतको माग गरेको छ । आयोगले निकालेको विज्ञापनअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी सो संख्यामा कर्मचारीको माग गरेको हो । जसअनुसार न्याय सेवा अप्राविधिकको लागि १ सय ३६ जना माग गरिएको छ भ... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडौं । लामो प्रतिक्षा पछि नेपाल इन्जिनियरिङ कलेजले नयाँ सञ्चालक समिति पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल इन्जिनियरिङ कलेजको नयाँ सञ्चालक समिति गठन गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अदालतबाट आउने निर्णयलाई मान्ने गरी हाललाई संसदीय समितिको सिफारिसअनुसार कल... जारी राख्नुहोस...
-
-
मंसिर २२, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्याम्पसका २ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको छ । त्रिविका लेखा अधिकृत कमलप्रसाद दाहाल र त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरीलाई अख्तियारले अदालतमा मुद्दा दर्ता गरेको हो । दाहाल र च... जारी राख्नुहोस...
-
-
गोरखा । जीवनज्योति मावि पालुङटार–८ च्याङ्ली गोरखामा कक्षा १० मा अध्ययनरत् छात्रा विवेचना देवकोटाको आज खुसीले भूँईमा खुट्टा छैन । उनी फुरुङ्ग छिन् । उनको खुसीको कारण परीक्षामा नम्बर बढी आउनु होइन । नत शिक्षकको स्याब्बासी नै हो । उनी खुसी हुनुको कारण हो– उनको विद्यालयको भवन नयाँ बन्नु । २०७२ मा गएको भ... जारी राख्नुहोस...
-
-
मंसिर २१, दार्चुला । नेत्रविक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार राति पक्राउ गरेको छ । यही मङ्सिर १८ गते लेकम गाउँपालिका–१ को वडा कार्यालयको साइनबोर्ड मेटाएर विप्लव समूहको नाम लेख्नमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका उनीहरुलाई शैल्यशिखर नगर... जारी राख्नुहोस...
-
-
मंसिर २१, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा रु एक लाखसम्म गर्ने भएको छ । त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च रु एक लाखसम्म उपलब्ध गराइने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । यसअघि त्रिविले प्रतिविद्... जारी राख्नुहोस...
-