-
डिजिटल प्रणाली मार्फत रत्ननगरमा घर नक्सापास
जेष्ठ २२,चितवन । चितवनको रत्ननगर नगरपालिकाले नगरवासीहरुको सहजताका लागि डिजिटल घर नक्सापास प्रणालीको सुरुवात गरेको छ ।
सुचना तथा प्रविधिको क्षेत्रलाई विस्तार गर्ने क्रममा नगरपालिकाले बुधवारदेखी यो सेवाको सुभारम्भ गरेको हो । रत्ननगरका मेयर नारायण वनले सो सेवाको औपचारीक शुभारम्भ गरे ।
यो सेवाले फाईल हराउने समस्या नहुने, तुरुन्त सेवाग्राहीको विवरण हेर्न मिल्ने, नगरपालिका धाउनु पर्ने झन्झट नहुने, कसको कारणले फाईल रोकियो त्यो थाहा पाईने नगरपालिकाका इन्जिनियर नमेश गुरुङले जानकारी दिए ।
एउटा घर सम्पन्न हुँदा चार पटक सम्म नगरपालिका जानु पर्छ । कन्सल्टेन्सीले अनलाईनमा विवरण इन्ट्री गरेपछि नगरपालिकाको इन्जिनियरले ठिक भए नभएको जाँच गर्छन् । ठिक भए अमिन हुदै सव ओभरसियरपछि प्रमुख इन्जिनियर समक्ष फाईल पुरयाउनु पर्छ । डिजिटल घर नक्सापास प्रणाली सेवाको सुभारम्भ गर्दै रत्ननगरका मेयर नारायण वनले सुचना प्रविधिमा रत्ननगरलाई अव्वल वनाउने वताए । स्मार्ट सिटी वन्न सुचना प्रविधि एक महत्वपुर्ण अंग हो मेयर वनले भने – यसमा लगानी अनुसारको प्रतिफल भने प्राप्त हुनुपर्छ ।
मेयर वनले रत्ननगरले सुचना प्रविधिको क्षेत्रमा ठुलो लगानी गरेपनि सोचे जस्तो प्रतिफल आउन नसकेको वताए । नगरपालिकाका सुचना तथा प्रविधि अधिकृत रवि तिवारीका अनुसार रत्ननगरमा ४२ फिचर समेटिएको मोवाईल एप, फ्रि वाईफाई, अनलाईनबाट घटना दर्ता, अनलाईन वोलपत्र , डिजिटल हाजिरीको प्रयोग भईसकेको छ । सेवा सुभारम्भ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल, आईटी विज्ञ राम रिमाल,इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी सन्तोष आचार्य, रत्ननगर ५ का वडाध्यक्ष कृष्ण महतो लगायतले मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २७, काठमाडौं । नेपाल टेलिकम पोखरामा भोलीदेखि हुने पोखरा प्रिमियर (पीपीएल) को सह–प्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने छ । लिगका प्रत्येक खेलका उत्... जारी राख्नुहोस...
-
-
मंसिर २७, काठमाडाैँ । बिहिबार अन्तर्राष्ट्रिय प्रविधि समूह, एण्ड्रिजले काठमाडौँमा आफ्नो चौथौँ सेवाग्राही दिवसको आयोजना गरेको छ ।उक्त कार्यक्रमको उद्घाटन संयुक्त रुपमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग, अस्ट्रियन दूतावास भारत र नेपालका मिसन उप प्रमख माथियास रेडोजोटिक्स, याताया... जारी राख्नुहोस...
-
-
मंसिर २५, काठमाडाै । अपी पावर कम्पनीले गत कार्तिक १३ गते देखि माथिल्लो नौगड गाड आयोजनाको (८ मे.वा.) निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाईनमा जडान गरेको छ । यो सँगै दार्चुला जिल्लामा कम्पनीले दोश्रो आयोजना सम्पन्न गरेको छ ।यस आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा उर्जा उत्पादन गर्नेछ । यस बिद्... जारी राख्नुहोस...
-
-
मंसिर २५ । मानिसले कण्डमकाे प्रयाेग गर्ने कुरा त विश्वमा सामान्य भइसक्याे । तर अचम्मकाे कुरा विश्व बजारमा त्यस्ताे कण्डम आएको छ जुन माेबाइलकाे सुरक्षाका लागि प्रयाेग गरिन्छ । पछिल्लो समय होटल, एयरपोर्ट, स्टेशन, सार्वजनिक शौचालय, शपिङ मल तथा मानिसको चहलपहल हुने धेरै ठाउँमा चार्ज गर्नको लागि युएसबी पा... जारी राख्नुहोस...
-
-
मंसिर २३, काठमाडाैँ । कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ सरल किस्ताबन्दीमा पाइने भएको छ । नेपालका लागि कोरियाली कार निर्माता कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो । यो योजना अन्तर्गत मासिक किस्ता ४८ हजार ३८०... जारी राख्नुहोस...
-
-
मंसिर २०, काठमाडौं । ओपोले एरिक्सन, क्वालकम टेक्नोलोजिज् (क्वालकम ईनकर्पोरेटेडको सहायक), स्विसकम र टेल्स्ट्रासँगको सहकार्य मार्फत विश्वकै पहिलो डीएसएस सक्रिय फाइभजी स्मार्टफोनबाट उद्योगकै पहिलो डीएसएस (डायनामिक स्पेक्ट्रम शेयरिङ) डाटाकल सफलतापूर्वक सम्पन्न गरेको छ । योसँगै ओपो वैश्विक रुपमै डीएसएस स... जारी राख्नुहोस...
-
-
मंसीर २०, ललितपुर । साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान सम्पादक गोपाल भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को कार्यालय, खुमलटार, ललितपुरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलल... जारी राख्नुहोस...
-
-
मंसिर २०, काठमाडौं । नेपाल टेलिकमले प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा सञ्चालन गरेको छ । टेलिकमले बिहीबार देखि तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवा रारा तालमा सञ्चालनमा ल्याएको प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । कर्णाली अञ्चलका ५ जिल्लामध्ये मुगुक... जारी राख्नुहोस...
-
-
मंसिर २० काठमाडौं । कम्प्युटर एशोसिएसन (क्यान) महासंघ का नव निर्वाचित पदाधिकारीहरुले सपथ लिएका छन् । बिहिबार राजधानीमा एक कार्यक्रमका बिच क्यानको १३ औं अधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारीहरुले सपथ लिएका हुन् । कार्यक्रममा उनीहरुलाई सम्मान पत्र समेत हस्तान्तरण गरिएकाे थियाे ।गएको मंसिर ७ गत... जारी राख्नुहोस...
-
-
मंसिर १९, काठमाडौं । कर्णाली र सुदुर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्ने सम्बन्धमा नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच समझदारी भएको छ । आज (बिहीबार) एक कार्यक्रमका बिच नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच दुई वर्षभित्र करिब २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने समझदारी भएको हो । सम... जारी राख्नुहोस...
-