-
प्रधानमन्त्रीका रूपमा काम नगर्न राजापाक्षेलाई आदेश, सात दिनमा सङ्कट समाधान हुन्छः सिरिसेना
मंसिर २०, कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सात दिनभित्रमा मुलुकको राजनीतिक सङ्कट समाधान गर्ने आश्वासन दिएका छन् ।
उनले नियुक्त गरेका प्रधानमन्त्री महेन्दा राजापाक्षे र उनको मन्त्रिपरिषद्लाई अदालतले काम गर्ने अधिकार नभएको फैसला सुनाएपछि राष्ट्रपति सिरिसेनाको यस्तो आवश्वासन आएको हो ।
गत सोमबार एउटा पुनरावेदन अदालतले अन्तरिम आदेश दिँदै तत्काल प्रधानमन्त्रीका रूपमा काम नगर्न राजापाक्षेलाई आदेश दिएको थियो ।
वैधानिकता नपाउँदासम्म राजापाक्षे र उनको मन्त्रिपरिषद्लाई काम गर्ने अधिकार नभएको अदालतले स्पष्ट पारेको छ ।
राजापाक्षेलाई काम गर्न दिएमा मुलुकमा “अपूरणीय क्षति” हुन सक्ने देखिएकाले काम गर्न रोक लगाउनु पर्ने अदालतको ठम्याइ छ ।
अदालतको आदेशसँगै राजापाक्षेको सरकार अन्यौलमा परेको छ भने राष्ट्रपतिबाट हटाइएका तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई सजिलो भएको छ ।
राष्ट्रपति सिरिसेनाले देशको हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्नेमा जोड दिँदै आफूले त्यसै उपाय खोजेको बताए ।
मुलुक अहिले राजनीतिक सङ्कटमा पुग्नुमा आफूलाई दोषी ठानिएको प्रति असहमति राख्दै उनले आफू दोषी नभएको दाबी गरे ।
उनले अहिलेको अवस्था आउनुमा तत्कालीन प्रधानमन्त्री विक्रमासिङ्घे नै दोषी रहेको किटान गरे ।
“उहाँका क्रियाकलाप र उहाँको राजनीतिले नै अहिलेको समस्या सिर्जना भएको हो, तर त्यसको समाधान हामी गर्नेछौं,” उनले भने ।
एक वक्तव्यमा राष्ट्रपति सिरिसेनाले थपे, “अहिलेको राजनीतिक सङ्कट एक हप्तामा समाधान हुनेछ, यो पूरै समाधान हुनेछ, मँैले तपाईं र तपाईको मातृभूमिका लागि राम्रो हुने काम नै गर्नेछु ।”
मुलुकलाई शान्तिको बाटोमा लैजान सबै राजनीतिक पार्टीहरूले हातेमालो गर्नुहुनेछ भन्ने आफूले विश्वास लिएको उनको भनाइ छ ।
गत अक्टोबर महिनामा राष्ट्रपति सिरिसेनाले तत्कालीन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्थ गरेर राजापाक्षेलाई नियुक्त गरेपछि श्रीलङ्कामा राजनीतिक सङ्कटसँगै विवाद चर्किँदै गएको छ ।
राजापाक्षेलाई गत महिना संसद्ले पनि प्रधानमन्त्रीमा अस्वीकृत गरिएको प्रस्ताव अत्यधिक मतका साथ पारित गरेको थियो ।
संसद्ले राजापाक्षेका विरुद्धमा अविश्वासको प्रस्ताव पारित गर्नुअघि राष्ट्रपति सिरिसेनाले संसद विघटन भएको घोषणा गर्नुभएको थियो । तर अदालतले नै राष्ट्रपतिले संसद् विघाटन गर्ने आधार नभएको भन्दै संसद् कायमै रहेको फैसला सुनाएको थियो ।
-एजेन्सी
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
एजेन्सी । फ्रान्समा चिसोमा संक्रमण हुने रोग, फ्लुको महामारीका कारण यस बर्षको शीतकालीन समयमा कम्तिमा दुई हजार ८०० जनाको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अ... Continue Reading...
-
फागुन ९, सियोल। दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ । अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ । Continue Reading...
-
फागुन ९, हेरात । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा तालिबानी लडाकूविरुद्ध भएको सुरक्षा कारबाहीमा परी पाँच तालिबान लडाकू मारिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार सो जानकारी दिएका छन् । अफगान राष्ट्रिय सैनिकले हेरात प्रान्तको जिर कोस जिल्लामा... Continue Reading...
-
फागुन ९, काठमाडौँ । साउदी अरबका क्राउन प्रिन्स विन सलमान भारतको दुई दिने भ्रमण सकाएर फर्किसकेका छन्... Continue Reading...
-
फागुन ७, शिकागो । अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ । सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत... Continue Reading...
-
फागुन ७, जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा तालिबान लडाकू समूह लक्षित सोमबार भएको सुरक्षा कारबाहीमा कम्तीमा नौ लडाकू मारिएका छन् । प्रान्तीय सरकारद्वारा मङ्गलबार प्रकाशित विज... Continue Reading...
-
फागुन ६, मैमाना । अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू मारिएका अफगान सेना प्रवक्ता मोहम्मद हानीफ रेजाईले सोमबार जानकारी दिए । Continue Reading...