-
‘फेक लभ' को निशानामा व्यापारीः नग्न भिडियो बनाएर ४० लाखकाे बार्गेनिङ !
साउन ७, काठमाडौं । व्यापारीलाई प्रेम जालमा पारेर नग्न भिडियो बनाइ ४० लाख माग गर्ने ४ जना प्रहरीको फन्दामा परेका छन् ।
इलाका प्रहरी कार्यालय विर्तामोडको टोलीले बिर्तामोड–४ मा व्यवसाय गर्दै आएका एक व्यापारीलाई युवती (रितु फियाक) को प्रयोग गरी प्रेम जालमा पारेर नग्न भिडियो बनाइ ४० लाख माग्ने ४ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिर्तामोड–४ का २९ वर्षीय मेराज, बिर्तामोड चारपाने बस्ने २० वर्षीया रितु फियाक लिम्बु, भारत पश्चिम बंगाल दार्जिलिङ खोरिबारीका सुजन शंकर र बिर्तामोड–४ का प्रकाश दास रहेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मोहन थापाले जानकारी दिए ।
के थियो घटना ?
माथिका अभियुक्त ४ जनाको सल्लाहपछि यही असार २८ गते रितु फियाकले फेक फेसबुक र इमो अकाउन्ट खोलिन् । अनि एक व्यवसायीलाई फसाउनका लागि सोही आइडीको इमो र मोबाइलमा फोन गर्न थालिन् ।
त्यसपछि उनले साउन १ गते ती व्यापारीलाई बिर्तामोड–४ स्थित कुमारी बैंक छेउमा भेट्न बोलाइन् । उनको आवाज र नक्कली प्रेममा लट्ठीएका ती व्यापारीको सजिलै भेट्न राजी भए । दुवैको भेट भयो ।
व्यवसायीले युवतीलाई होटल जाने प्रस्ताव गरे। असुरक्षा हुने भन्दै युवतीले व्यवसायीको होटल जाने भन्ने कुरा मानिनन् र आफ्नो साथीको कोठामा जाने प्रस्ताव राखिन् । ती व्यापारी पनि राजी भए । त्यसपछि जियाले कुमारी बैंकको छेउ गल्लीभित्रको घरको माथिल्लो कोठामा लगिन् । उनीहरुबीच प्रेमका तीता मिठा कुराहरु चलिरहेका थिए ।
राति ८–९ बजेतिर एक्कासी कसैले ढोका ढक्ढक्यायो । ती युवतीले ढोका खोलेपछि हातहतियारसहित आएका ३ युवाहरुले कोठाभित्र पसेर व्यापारीलाई कुटपिट गरी नग्न बनाए । पूरै नग्न बनाएपछि भिडियो उनको भिडियो खिचे । त्यसपछि सुरु भयो ब्ल्याकमेलिङ र ४० लाखको बार्गेनिङसँगै भिडियो सामाजिक सञ्चालमा राखिदिने धम्की ।
ती व्यापारीलाई साउन ५ गतेसम्म ४० लाख रकम नदिए त्यो भिडियो सामाजिक सञ्जालमा हाल्ने धम्की दिएपछि उनीहरु सबै त्यहाँबाट निस्किन्छन् । र दैनिक फोन गर्दै रकम माग गर्न थाल्छन् ।
सुरुमा त ती व्यापारीले पनि आफू बदनाम हुने डरले घटना लुकाए । केही सिप नलागेपछि बल्ल उनी इलाका प्रहरी कार्यालय बिर्तामोड धाएका हुन् ।
त्यसपछि घटनामा सक्रिय भएको प्रहरीले धम्की दिँदा प्रयोग भएका मोवाइल नम्बरहरु र प्रतिवादीहरुको मोबाइल नम्बरहरुको कल डिटेल विश्लेषण, फेसवुक, इमो लगायतका सामाजिक सञ्जालहरुवाट प्राप्त सूचनाका आधारमा अनुसन्धान अगाडि बढायो ।
घटनाबारे सूचना पाएलगतै सक्रियता अघि बढाएको प्रहरीले मोबाइलमा सम्पर्क गरेर साउन ४ गते झापाको चारआलीबाट बिर्तामोड नगरपालिका ४ घर भएका को मेराज खान, सोही स्थानका प्रकाश दास र भारत पश्चिम बंगालको दार्जिलिङ थाना खोरिबारी घर भएका सञ्जु क्षेत्री भन्ने सुजन शंकरलाई प्रहरीले पक्राउ गर्यो।
त्यसलगत्तै इलामको फाकफोकथुम गाउँपालिका १ घर भई बिर्तामोड नगरपालिका २ चारपाने बस्ने रीतु फियाक लिम्बुलाई प्रहरीले बिर्तामोडबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट प्रहरीले बा १५ च ७३३९ नम्बरको कार, स्कुफ लेखिएको १०० मिलिमिटरको सिलप्याक बोतल ३ थान, प्लास्टिकको नक्कली पेस्तोल, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की र निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको औषधी बरामद गरेको छ।
पक्राउ परेकामाथि शरीर बन्धक बनाई अवान्छित लाभ लिन खोजिएको आरोपमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
मंसिर २९, काठमाडौं । धारीलो हतियार प्रहार गरि एक जनालाई घाईते बनाइ फरार भएका एकजना पक्राउ प्रहरीले सुनसरीको धरानबाट पक्राउ गरेको छ । धारीलो हतियार बन्चरो, खुकुरी र कट्टी समेतले प्रहार गरी सुजन भुजेललार्ई घाईते बनाई फरार रहेका धरान १५ बस्ने २३ वर्षीय ‘दाँते’ भनिने गणेश राई पक्राउ परेका हुन् । राईले भ... जारी राख्नुहोस...
-
-
मंसिर २९, काठमाडौं । महिलाको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।सो गाउँपालिका-३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मंसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो।मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्था... जारी राख्नुहोस...
-
-
मंसिर २९, काठमाडौँ । दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित ६ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् । मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको... जारी राख्नुहोस...
-
-
मंसिर २९, बर्दिवास । आईतबार बिहान महोत्तरीमा ठुलो परिमाणमा लागूऔषधसहित १ एक भारतिय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला मधवापुर वडा नं १ विरोकर बस्ने १९ वर्षीय राकेश कुमार महतो रहेका छन् । मठियानीबाट जलेश्वरतर्फ जाँदै गरेका महतोलाई सशस्त्र प... जारी राख्नुहोस...
-
-
मंसिर २९, काठमाडौं । पछिल्लो समय यौनहिंसा र महिलाविरुद्धका हिंसाका घटना धेरै नै सार्वजनिक हुन थालेका छन् । हरेक दिनजसो सात-आठ महिनाको बच्चादेखि ७०- ८० वर्षीया बृद्धासम्म बलात्कारको सिकार भएका खबर सुन्न र पढ्नमा आउँछन् । कतिको बलात्कार पछि हत्यापनि भएको छ भने, कतिलाई बलात्कार गरेर अपराधी फरार छन् । प... जारी राख्नुहोस...
-
-
मंसिर २९, काठमाडौं । विराटनगर रानी स्थित इलाका प्रहरी कार्यालयले गए राती एक युवकलाई २१ सेट टिटि लागू औषध सहित पक्राउ गर्यो । सिआइवीको टोलीले पक्राउ गरेका कमल धमला नामक ती युवक हुनेवाला बेहुला परेछन् । विहेको मुखैमा बेहुला लागूऔषध सहित समातिए पछि बेहुला पक्षलाई हुनसम्मको पीर पर्यो । रातारात धरानबाट व... जारी राख्नुहोस...
-
-
मंसिर २९, चितवन । आज (आइतबार) बाट १० दिनसम्म देशभरका ह्याचरी उद्योग बन्द हुने भएको छ । लागतअनुसार मूल्य नपाएको भन्दै नेपाल ह्याचरी उद्योग संघले आइतबारबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको हो । लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो ।१० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा ३३ क... जारी राख्नुहोस...
-
-
मंसिर २९ , काठमाडौं । भक्त द्वारा आफ्ना भगवान वा इष्टलाई प्रसन्न गराउनका लागि गरिने प्रार्थनालाई नै चालिसा भनिन्छ । हनुमान चालिसाको पाठ गर्नका लागि खास नियमको आवश्यकता छैन । तर केही यस्ता साना साना कुराको ध्यान राखेर हनुमान चालिसा पाठ गर्नुपर्छ । हनुमान चालिसामा भएको हरेक लाइनको अलग अलग महत्व छ । त्... जारी राख्नुहोस...
-
-
मंसिर २९, काठमाडौँ । गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै हत्या गरेका छन् ।मकवानपुरकी २० वर्षीया अनिशालाई बिहे गरेकै भोलिपल्ट हत्या गरी घटनाको ढाकछोप गर्न प्रयोग गरिएको शौचालयको खाल्डोमा लुकाएका थिए ।... जारी राख्नुहोस...
-
-
काठमाडौं । शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन् । सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन् । रातो झोलामा जे पनि हुन सक्ने आकलन गर्दै राजेशले उक्त घरभित्र सुतिरहेका छोराछोरीलाई बाहिर निकाले । अर्को घरमा लगेर राखे ।शंकास्पद वस्तुबारे महेन्द... जारी राख्नुहोस...
-