-
युनाइटेड र आर्सनलको बराबरी, टोटनह्यामको सानदार जित
एजेन्सी । टोटनह्इामले प्रभावशाली जित दर्ता गरेकै दिन आर्सनल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । बुधबार राति भएको खेलमा टोटनहयामले साउथह्यामटनलाई ३–१ ले हरायो ।
टोटनह्यामको जितमा ह्यारी केनले ९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । लुकास मौराले ५१ औं मिनेटमा र सङह्योङ मिनले ५५ औं मिनेटमा गोल गोल गरे ।
खेलको अतिरिक्त समयमा साउथह्यामटनले एक गोल फर्कायो ।
टोटनह्याम १५ खेलबाट ३३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । वुल्भ्ससँग २–१ ले पराजित भएको चेल्सी ३१ अंकसहित चौथो स्थानमा छ ।
यस्तै आर्सनलसँगको खेलमा दुवै हाफमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै म्यानचेस्टर युनाइटेडले बराबरीको नतिजा निकालेको छ ।घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड उनाई एम्रीको टिम आर्सनलसँग २–२ को बराबरी गर्न सफल भएको हो ।
२६ औँ मिनेननटमा मुस्ताफीको गोलबाट आर्सनलले सुरुवाति अग्रता लियो । त्यसको चार मिनेटपछि एन्थोनी मार्सलले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्काए ।पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा आर्सनलले दोस्रो हाफमा अग्रता लियो, त्यो पनि उपहार गोलबाट । ६८ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका मार्कस रोजोले आत्मघाती गोल गरे । तर त्यसको एक मिनेटपछि नै युनाइटेडका लागि जेसी लिङ्गार्डले बराबरी गोल फर्काए ।
बराबरीपछि आठौँ स्थानको म्यानचेस्टर युनाइटेडको १५ खेलबाट २३ अंक भएको छ । पाँचौँ स्थानमा रहेको आर्सनलको ३१ अंक छ ।
अरु खेलमा लेस्टर सिटी र फुलह्याम तथा एभर्टन र न्युक्यासलले समान १–१ को बराबरी खेलेका छन् ।तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
-
काठमाडौं । पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगितामा नेपाली युवा बलर सन्दीप लामिछाने सहभागी टिमको आज चौथो खेल हुँदैछ । यूएईमा जारी प्रतियोगता अन्तर्गत नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे हुने खेलमा सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले मुल्तान सुल्तान... Continue Reading...
-
काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा आफ्नो तेस्रो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको दोस्रो खेल... Continue Reading...
-
-
काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा आज नेपालले आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको सबैभन्दा बलियो टिम थाइल्यान्डसँग आफ्नो दोस्रो खेलमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । विहान ८ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा न... Continue Reading...
-
एजेन्सी । इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा एट्लेटिको मड्रिडसँग २–० ले पराजित भएको छ । च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको खेलमा युभेन्टसविरुद्ध अहिलेसम्मकै ठूलो जित निकालेको एट्लेटिकोका लागि जिमिनेज र गोडिनले एक–एक गोल ग... Continue Reading...
-
एजेन्सी । च्याम्पियन्स लिगको पहिलो लेगमा म्यानचेस्टर सिटीले एफसी साल्केलाई ३–२ ले हराएको छ । अन्तिम १६ को पहिलो लेग खेलमा पहिलो हाफ सकिदा सिटी २-१ ले पछाडी परेको थियो । साल्केले पहिलो हाफका दुबै गोल पेनाल्टीमार्फत गरेको हो । Continue Reading...