इच्छाराज समूहविरुद्ध उजुरी बढ्दै : हालसम्म १३७ उजुरी, ७० करोड ठगी गरेको दाबी

काठमाडौँ । सिभिल समूहका अध्यक्ष एवं नेकपा एमालेबाट पूर्व सांसद रहेका इच्छाराज तामाङसहित १२ जना विरुद्ध मंगलबार दिउँसोसम्ममा १ सय ३७ उजुरी परिसकेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डीआईजी धीरज प्रताप सिंहले जानकारी दिएका छन् ।

हालसम्म उक्त उजुरीबाट झण्डै ७० करोड रुपैयाँ बराबर ठगी भएको दाबी आएको उनले जानकारी दिएका छन् ।

‘तामाङसहितका १२ जनाको समूहमाथि गठीको उजुरी बढ्दै छ,’ उनले भने, ‘उजुरीको संख्या र गठीको दाबी रकम अझ बढ्ने देखिएको छ ।’

तामाङको समूहले सञ्चालन गरेको सिभिल बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम अनधिकृत रुपमा परिचालन गरी बचतकर्तालाई ठगेको आरोप उजुरीकर्ताहरुको छ ।

उजुरीको संख्या बढ्दै गएपछि सीआईबीले सोमबार साँझ अध्यक्ष तामाङ, सभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ, विजय शाहसहित १२ जनालाई सुन्धारास्थित कार्यालयबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेका सबैलाई अहिले सीआईबीले म्याद थपका लागि जिल्ला अदालतमा पेश गरेको छ । ‘अदालतले म्याद थप गरेपछि हामी थप अनुसन्धानमा लाग्ने छौंँ,’ डिआईजी सिंहले भने ।

सिभिल समूहका संस्थापन इन्जिनियर इच्छाराज तामाङ नेृतत्वको सिभिल समूहले सिभिल बैंक, सिभिल सहकारी, सिभिल होम्स, सिभिल मल, सिभिल अपार्टमेन्ट, सिभिल सहकारी जस्ता विभिन्न भेन्चर अघि बढाइरहेको थियो । सुरुमा रियलस्टेड क्षेत्रबाट उदायको यो समूहले केही वर्षयता आर्थिक संकटको सामना गर्दै आएको थियो ।

बचतकर्ताले आफ्नो रकम माग्न थालेपछि सिभिल सहकारीका सञ्चालक इच्छाराजलगायतले उक्त रकम फिर्ता नगरी राजनीतिक पहुँचका आधारमा पक्राउबाट बच्दै आएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *