एमालेले गतिलो भाई कांग्रेस बन्ने उद्देश्य राखेको छ : मोहन वैद्य

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा(एमाले)ले आफूलाई भाई काँग्रेस बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी स्थापनाको शिरक जयन्ती मनाएको टिप्पणी गरेका छन् ।

सोमवार १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको साम्राज्यवादी युगमा लेनिनवादको महत्व विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले एमाले गतिलो भाई काँग्रेस बन्नका लागि हिरक जयन्ती मनाएको टिप्पणी गरेका हुन् ।

‘दाई कांग्रेस त छदैछ, गतिलो भाई कांग्रेस बन्ने । यो उद्देश्यमा आधारित छ’ उनले भने, ‘हामी फेरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा दृढतापूर्वक अगाडी बढ्न जरुरी छ ।’

उनले एमालेले हिरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजिवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको बताए ।

उनले सत्तामा रहेका एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभएको बताए । उनले कम्युनिस्ट आन्दोलन दुई धारमा बाँडिएको उल्लेख गर्दै सत्तामा भएका कम्युनिस्ट पार्टीहरु दक्षिणपन्थी अवसरवादी धारमा रहेका बताए ।

उनले भने–‘त्यो जयन्तीको उद्देश्य के हो भन्नुहुन्छ भने २०८४ मा हुने चुनावमा चुनाव जित्ने, प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजिवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउने ।’

उनले सत्तामा रहेका कम्युनिस्ट पार्टी र काँग्रेसका बीचमा कुनै तात्विक र मौलिक भिन्नता नभएको बताए ।

उनले सत्ताधारी कम्युनिस्टहरुले नेपालको वामपन्थी जनमतलाई भ्रममा पार्नका लागि मात्रै कम्युनिस्ट नाम राखेका बताए । अध्यक्ष वैद्यले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको भन्दै एकीकृत गर्दै लगिने बताए ।

‘कम्युनिस्ट आन्दोलनको एउटा धारा, दक्षिणपन्थी अवसरवादी, आत्मसर्मपणवादी धार हो’उनले भने, ‘उनीहरुले आफूलाई कम्युनिस्टको नाममा राखेर, कम्युनिस्टको झण्डा चोरेर, माक्र्सवाद, माओवाद, लेनिनवादको नाम जपेर संसदवादको र प्रतिक्रियावादको खेती गरिरहेका छन् ।’

उनले आफूहरु दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्दै अघि बढ्ने बताए । उनले सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतावद्ध बनाए क्रान्ति गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *