नेपाल आइपुग्यो वेस्ट इन्डिजको टोली (तस्बिरहरु)

काठमाडौं । दुई पटक एकदिवसीय र टी-२० विश्वकप विजेता वेस्ट इन्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ । रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिज ए टोली नेपाल आइपुगेको हो ।

वेष्ट इण्डिज ए अन्तर्राष्ट्रियस्तर अनुसार नेपाल आउने सबभन्दा उच्च स्तरको टोली हो । यसअघि एसोसिएट राष्ट्रका प्रमुख दुई टोली नेदरल्यान्ड्स र स्कटल्यान्ड नेपाल आइसकेका छन् ।

टोलीमा टिम- रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श । प्रशिक्षण टिम: मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट- नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच- शेन कूपर, प्रबन्धक र विश्लेषक: अवनेश सीताराम ।

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *