सुरु हुँदैछ ‘द भ्वाइस अफ नेपाल’ सिजन–२

 

पुस १२, काठमाडौँ । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ सुरु हुने भएको छ । 

पहिलो संस्करणको सफलता पश्चात यसको दास्रो संस्करण सुरु हुने भएको हो । सिजन–२ का लागि ‘द भ्वाइस अफ नेपाल’ ले चाँडै डिजिटल अडिसन सुरु हुने जनाएको छ । 

null

‘छिट्टै नै द भ्वाइस अफ नेपालको दोस्रो सिजनको डिजिटल अडिसन सुरु हुँदैछ । दूरदराजमा बस्ने आवाजका धनीहरुलाई डिजिटल अडिसनले मुलधारमा ल्याउने भूमिका खेलोस्,” ‘द भ्वाइस अफ नेपालको अफिसियल फेसबुक पेजमा भनिएको छ । डिजिटल अडिसनको लागि छिट्टै द भ्वाइसले आह्वान गर्ने बताइएको छ । तर, कहिलेबाट सुरु हुन्छ, त्यो भने स्पष्ट पारिएको छैन । 

डिजिटल अडिसन, ब्लाइन्ड राउन्ड, लाइभ, सेमिफाइनल हुदै फाइनलको यात्रा सम्म चार टिमबाट एक एक ट्यालेन्टहरु पुगेका थिए । कतारको दोहामा सम्पन्न फाइनलमा टिम दिपका सि.डि. बिजय अधिकारीले पहिलो द भ्वाइस अफ नेपालको उपाधि चुम्न सफल भएका थिए । 

फाइनल कार्यक्रम कतारमा रहेका हजारौँ नेपालीहरुको साथमा सम्पन्न भएको थियो । 

सुरुमा भ्वाइस रेकर्ड गरेर पठाएपछि उक्त भ्वाइसमा सम्भावना देखिएको खण्डमा ब्लाइन्ड अडिसनका लागि बोलाइन्छ । सिजन वानका १०८ जना ब्लाइन्ड अडिसनका लागि छनोट भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *