“१०.२५% एनबीबीएल डिबेन्चर २०८५” निश्काशन खुल्ला

जेठ ९, काठमाडाैँ ।  नेपाल बङ्गलादेश बैंकले जेठ १० गते शुक्रबार देखि २० लाख युनिट (इकाई) ऋणपत्रको बिक्री खुला गरेको छ । 

यस मध्ये १२ लाख युनिट डिबेन्चरले हुन आउने कुल रु. १ अर्ब २० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवर (Private Placement) को माध्यमबाट तथा ८ लाख युनिट डिबेन्चरले हुन आउने कुल रु. ८० करोड ऋणपूँजी रकम सर्वसाधारण नेपालीहरुको लागि सार्वजनिक निश्कासनको माध्यमबाट विक्री खुल्ला गरेको छ । 

सर्वसाधारणको लागि छुट्टयाएको मध्ये ५% अर्थात ४०,००० युनिट डिबेन्चर सामुहिक लगानी कोषहरुको लागि समेत छुट्टयाईएकोछ । बैंकले जारी गरेको ऋणपत्रको नाम “१०.२५%एनबीबीएल डिबेन्चर २०८५” रहेको छ । उक्त ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर प्रदान गरिने छ भने ब्याज रकमको भुक्तानी भने अर्धवार्षिक रुपमा गरिनेछ । 

null

साथै उक्त ऋणपत्र १० वर्षमा परिपक्क हुनेछ । उक्त निश्काशनको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंङिक रहेको छ । सर्वसाधारण लगानीकर्ताले प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि १ लाख युनिटसम्मको लागि आवेदन दिन सक्नेछन् । 

ऋणपत्र नेप्सेमा सूचिकृत हुने भएकोले आवश्यक पर्दा सहज रुपमा खरिद बिक्रीगर्न सकिने साथै बैंक तथा वित्तीय संस्थाबाट धितो राखि कर्जा समेत लिन सकिने छ ।उक्त ऋणपत्रको लागि छिटोमा जेठ १४ गते र ढिलोमा असार ८ गते सम्म आवेदन दिन सकिन्छ । 

नेपाल बङ्गलादेश बैंकको कुनैपनि शाखा कार्यालय तथा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । उक्त ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले औसत जोखिम जनाउने ‘एलबीबीबीप्लस’ रेटिङ दिएको छ । 

नेपाल बङ्गलादेश बैंकको चालु आ.वा.को तेस्रो त्रैमाससम्ममा खुद मुनाफा रु. १.१४ अर्ब, निक्षेप संकलन रु. ५६.०६ अर्ब र कर्जा लगानी रु. ५३.२५ अर्ब रहेको छ । बैंकले ९० शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ७२ वटा ATM बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *