१७ वटा संघसंस्था भन्छन्–‘महरा प्रकरणको निष्पक्ष रुपमा सत्यतथ्य अध्ययन होस्’

असोज १६, काठमाडौं । विर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीविचको घटनाबारे निष्पक्षरुपमा छानविन गर्नुपर्ने विभिन्न संघसंस्थाले बताएका छन् । महिला तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाले रोशनी शाही घटनाबारे मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई ध्यानाकर्षण गराउँदै  सत्यतथ्य अध्ययन गर्न अनुरोध गरेका छन् । 

हिजो बिहीबार १७ वटा संघसंस्थाले संयुक्त विज्ञप्ति निकाल्दै घटनाको सत्यतथ्य अध्ययन गर्न अपिल गरेका छन् । एक दिनको अन्तरालमा भएको दुई अन्तर्वार्तामा पीडित महिला शाहीले पूर्णरूपमा आफ्नो भनाइ परिवर्तन गर्नु गम्भीर अनुसन्धानको विषय भएको भन्दै उनीहरुले स्वतन्त्र रुपले छानविन गरिनुपर्ने माग गरे ।   

उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘देशकै उच्च पद र राजनीतिक हैसियत भएका व्यक्ति नै यस घटनाका आरोपित व्यक्ति भएको हुँदा, प्रभावितले दबाबमा आएररआफ्नो वा परिवारको सुरक्षाको जोखिमका कारण आफ्नो भनाइ परिवर्तन गरेको सम्भावनाहरू हुन सक्दछन्। यसर्थ मानव अधिकारको संरक्षण, प्रवर्द्धन, र मानव अधिकार हननका घटनाहरूको अन्वेषण र अनुगमन गर्ने जिम्मेवारी रहेको संवैधानिक आयोगहरूस् राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई यस घटनाको सत्यतथ्य अध्ययन गरी वास्तविकता पुष्टिका लागि कार्य गर्न हामी हार्दिक अपिल गर्दछौं ।’   

Image result for कृष्णबहादुर महरा

असोज १२ गते निवर्तमान सभामुख महराले आफूमाथि हातपात र बलात्कार गरेको भनि शाहीले हाम्रोकुरा अनलाइनमार्फत् घटना सार्वजनिक गरेकी थिइन् । तर, त्यसको २४ घण्टा वित्न नपाउँदै उनले महरा निर्दोष रहेको भन्दै बोली फेरेपछि शंका उत्पन्न भएको छ ।   

उक्त भिडियोमा शाहीले महरा १२ गते राति उनको कोठामा आएको, उनीमाथि कुटपिट र बलात्कार भएको, महराको फुटेको चस्मा, जुत्ताको तलुवा, महराले मदिरा सेवनका लागि प्रयोग गरेको ग्लासहरुलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै, घटनाको केही समय पश्चात् नै प्रहरीलाई खबर गरेको, प्रहरी घटनास्थलमा आएको र हाम्रा कुरा अनलाइनसँग कुरा गर्ने क्रममा नै महराको फोन आएको, महराले पठाएको र आफूले महरालाई पठाएको म्यासेज लगायतका सम्पूर्ण विवरणहरु प्रमाणसहित व्यक्त गरेकी थिइन् ।   

महरा स्वयंले समेत आफू शाहीको कोठामा गएको स्वीकार गरेका थिए । घटनाको सिंगो प्रमाण र साक्षी, स्वयं शाही भएको हुँदा उनको सुरक्षाको पूर्णरूपमा ग्यारेण्टी गर्न ती संघसंस्थाले अनुरोध गरेका छन् । 

यी संघसंस्थाले घटनाको निष्पक्ष छानविनको माग गरे । 

१.महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल 

२. महिला पुनस्र्थापना केन्द्र (ओरेक) 

३. तान नेपाल (लुम) 

४. साथी 

५. द स्टोरी किचेन 

५. वातावरणीय कृषि तथा विकास केन्द्र (केड) 

६. शक्ति समूह 

७. महिलाका निम्ति महिला मञ्च नेपाल 

८. नेपाल महिला एकता समाज नेपाल   

९. तरङ्गनी महिला अधिकार प्रशिक्षण केन्द्र 

१०. महिला तथा बालबालिका बेचबिखन बिरुद्ध सहकर्मी समूह नेपाल (एटविन) 

११. पौरखी नेपाल 

१२. नेपाल अपांग महिला संघ 

१३. नील हिरा समाज 

१४.दिगो सामाजिक विकासका लागि मित्रता 

१५. जागृति महिला महासंघ 

१६. हिमराईट्स 

१७. सिविन नेपाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *