विश्वविख्यात यूहीम सञ्चालनमा

मंसिर २९, काठमाडौँ । भोईथ अन्र्तगतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एण्ड अर्थमुभर्स (यूहीम) सञ्चालनमा आएको छ । सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक उपकरणहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको यूहिमले विश्वविख्यात निर्माण कम्पनीहरु सन्वार्ड, सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरु एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ । 

यूहीमले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान, जर्मनी, साउथ कोरियामा उत्पादन भएको अन्र्तराष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग हुने गर्दछ ।  जुन ह्युण्डाई, कोमात्सु जस्ता कम्पनीहरुमा समेत हुने गर्दछ । 

नेपाली समुदायको मानसपटलमा चाईनिज उपकरणहरु कमसल हुने धारणालाई अनुचित तथा गलत साबित गर्दै अन्तराष्ट्रिय स्तरका उपकरणहरुको उत्पादन गर्दै ग्राहकहरुको विश्वास जित्न तत्पर रहँदै आएको कम्पनीले जनाएको छ । 

Image may contain: sky and outdoor

क्याटरपिल्लर, कोमात्सु, कोबेल्को जस्ता ठूला कम्पनीहरुको एकमात्र प्रतिस्पर्धी कम्पनी रहेको यूहीमले निर्माण उपकरणहरुको गुणस्तर, प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता नगरेको बताइएको छ ।   

ए क्लास, बी क्लास कन्ट्र्याक्टर, विदेशी कन्ट्र्याक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि साईटहरुमा सफलतापूर्वक सञ्चालन हुँदै आएका छन् । 

यूहीमले नेपालको निर्माण जगतमा छुट्टै स्थान ओगट्ने अपेक्षा गरिएको छ । 

यूहीमको धुम्बाराहीस्थित हेडक्वाटरमा खरीदपछिको सर्भिस, पार्टसहरु सहजताका साथ उपलब्ध गराउनुका साथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि शाखा बिस्तार गरिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *