साढे ४ लाखको सुर्तीजन्य पदार्थ फेला

मंसिर २२, नेपालगंज ।  साढे ४ लाख बराबरको सुर्तीजन्य पदार्थ फेला साढे ४ लाख बराबरको सुर्तीजन्य पदार्थ फेला पारेको छ ।  

प्रहरीका अनुसार भारतबाट अवैध रुपमा भित्र्याइएको करिब साढे ४ लाख मूल्य बराबरको सुर्तीजन्य पदार्थ फेला पारिएको हो । 

वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले नेपालगंज उपमहानगरपालिका १६ जयसपुरबाट करिब ३ लाख १० हजार मूल्य बराबरको १५.५ क्विन्टल र उक्त स्थान भन्दा करिब ३० मिटर टाढा परालमा लुकाएर राखेको अवस्थामा थप १ लाख ४० हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ फेला पारेको हो ।   

प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक छानबिन भईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *