कोहलपुरमा लागेको कर्फ्यु हट्यो

मंसिर २४, बाँके । बाँकेको कोहलपुरमा आईतबार देखि लागेको कर्फ्यु मंगलबार हटेको छ । कर्फ्यु मंगलबार बिहान १० ३० बजेदेखि हटेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।   

आइतबार बिहान त्रिभुवन माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न कर्फ्यु जारी गरिएको थियो। 

स्थानीय र प्रहरीबीच भएको झडपमा  दुवैतर्फ केही घाइते भएका थिए। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *