मालपोत कार्यालयका नायब सुब्बा र कार्यालय सहयोगी घुससहित पक्राउ, सर्वोच्च अदालतका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

मंसिर १८, काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन् ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नायब सुब्बा नारायणकाजी मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।   

नायब सुब्वा मिश्रले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) भाईकाजी गौतमलाई ४० हजार दिनु भनी घुस माग गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ ।   

Image result for मुद्दा

सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले कार्यालयबाटै दुवै जनालाई मंगलबार नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।  

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतका नायब सुब्बा सुधीरकुमार खड्काविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।   

अख्तियारले देवजंग शाहीलाई छुटाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ लिएको प्रमाणसहित बुधबार खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तरगत आरोप–पत्र दायर गरेको हो ।   

शाहीलाई विशेष अदालत, काठमाडौंको कैफियत प्रतिवेदनका आधारमा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको थियो । त्यसविरुद्ध सर्वोच्चमा दर्ता निवेदनको विषयलाई लिएर मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धुरौटीमा छुटाइदिने खड्काको आश्वसनका साथ उनले माग गरिएको रकममा ५० हजार छुट गरिदिने भन्दै २ लाख ५० हजार घुस माग गरेका थिए ।   

आयोगका अनुसार खड्काले उजुरीकर्ताका दाजु विपक्षी भएको विचाराधीन मुद्दामा मिसिल कागजातको प्रतिलिपि उपलब्ध गराउने भनेर पनि दुई पटक गरेर ९ हजार रुपैयाँ लिएका थिए । उनलाई प्रचलित कानून बमोजिम सजाय हुन मागदाबी सहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *