कांग्रेस नेत्री चित्रलेखाका श्रीमानमाथि बुहारीले लगाइन् यौनहिंसाको आरोप

चैत्र ५, काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री चित्रलेखा यादवका श्रीमानमाथि यौनहिंसाको आरोप लागेको छ । राष्ट्रिय योजना आयोग, लोकसेवा आयोग र शिक्षा सेवा आयोगका पूर्वसदस्यसमेत रहेका डा. श्रीकृष्ण यादवविरुद्ध यौनहिंसाको आरोप लागेको हो ।   

उनीमाथि आफ्नै बुहारी रानी यादवले यौन हिंसाको आरोप लागाएकी हुन् । रानीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु श्रीमान बाहिर रहेका बेला ससुराबाट नै यौन हिंसाको सिकार भएको आरोप लगाएकी हुन् ।   

उनले फेसबुक ‘वाल’ मा गत आइतबार नै ८ पेज लामो हस्तलिखित कागजको फोटो पोस्ट गर्दै सो कुरा खुलाएकी हुन् ।   

रानीले पाँच वर्षयता आफू ससुराबाट यौनहिंसामा परेको र यो घटनामा सासु चित्रलेखा यादवको समेत सहमति रहेको आरोप लगाएकी छिन् ।   

रानीले कुनै पनि महिलाले आफ्नो श्रीमानसँग कुनै महिलाको सम्बन्ध सहन गर्न तयार हुँदैनन्, तर ससुराले आफूलाई किस गर्दा वा अंगालो हाल्दा पनि ‘छोरा छैनन् यहाँ, त्यसो भएर मायाको फिल होस् भनेर सिकाउने सासुलाई कुन दर्जामा राखिन्छ भन्ने प्रश्न पनि गरेकी छन् । 

रानीले अझ लेखेकी छिन्, ‘बिहे छोरोसँग बेड सेयर बाउसँग गर्नुपर्ने कुन समाजमा हुन्छ , नेपाली तराई/मधेश ।’ त्यस्तै उनले बुहारी कसले घुमाउने, छोरा/ससुरा/नन्द ज्वाइले भनि प्रश्न पनि गरेकी छिन् ।   

यसैबीच श्रीकृष्णले भने रानीले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । उनले रानी आफ्नो होटलका एक पूर्वकर्मचारीसँग भागेको आरोप लगाउँदै सिरहाको लहानमा रहेको आफ्नो दरबार होटलका एक कर्मचारीलाई कामबाट निकालिदिएकाले उसले वदला लिएको दावी गरे ।   

रानीका श्रीमान् लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । यादव परिवारमा उक्त होटलको स्वामित्वमा विवाद रहँदै आएको थियो । त्यही विवादका कारण यस्तो आरोप लगाइएको हुन सक्ने परिवारका अन्य सदस्यले बताएका छन् ।   

सिरहामा रहेको उक्त दरबार होटलमा ससुराबाट आफु पटक पटक यौन हिंसामा परेको उक्त पोस्ट मार्फत रानीले खुलाएकी छिन् । चित्रलेखा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेत्रीत्वको मन्त्रिपरिषद्मा शिक्षामन्त्री थिइन् । त्यतिबेला श्रीकृष्ण उनकै सल्लाहकार थिए । श्रीमती मन्त्री पदबाट हटेपछि श्रीकृष्ण होटल चलाउन भन्दै लहानतिरै बस्ने गर्थे ।   

श्रीकृष्णका अनुसार रानी दुई महिनाअघिदेखि नै माइतीमा बस्दै आएकी थिइन् । माइतमा नै बस्दै आएकी बुहारी लिन उनीहरु रानीको माइती पुगेका थिए । त्यहाँबाट सँगै आएर आफ्नै होटलमा बास बसेको तर राती ११ बजेनै उनी त्यहाँबाट भागेको श्रीकृष्णले जवाफ दिएका छन् । कृष्णले आफुले पहिला होटलबाट निकालिदिएका कर्मचारीसँग रानी भागेको आरोप लगाएका हुन् ।   

यसैबीच श्रीकृष्णले रानीले लगाएको आरोप सबै झुटो भएको भन्दै सबै कुरा फेस गर्न आफु तयार रहेको बताएका छन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *