च्याम्पियन्स लिग र युरोपा लिगका सबै खेल स्थगित

चैत १, काठमाडौं । आगामी साता हुने च्याम्पियन्स लिग र युरोपा लिगका खेलहरु स्थगित गरिएको छ । युरोपियन फुटबलको गभर्निङ बडी युइएफ़एले च्याम्पियन्स लिग र युरोपा लिगका सबै खेल स्थगित गरेको हो ।   

विश्वमा फैलदो कोरोना भाइरसका कारण युईएफएले च्याम्पियन्स लिगसहित युरोपा लिगका खेलहरु अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ । युइएफएले रियल म्याड्रिड र म्यानचेस्टर सीटी तथा युभेन्टस र लियोनबीचको खेल यस अघि नै स्थगित गरेको थियो । 

स्थगित भएका खेल :- 

म्यान्चेष्टर सिटीविरुद्ध रियल म्याड्रिड 

युभेन्ट्सविरुद्ध लियोन 

बार्सिलोनाविरुद्ध नापोली 

बार्यन म्युनिखविरुद्ध चेल्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *