सुनको भाउ ह्वातै बढ्यो, चाँदीको स्थिर
मकालु खबर
२०७६ चैत ५ गते
फोटोः गुगल
चैत्र ५, काठमाडौँ । मंगलबार तोलामा एक्कासी २ हजार रुपैयाँ घटेको सुनको भाउ आज बुधबार तोलामा १ हजार रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज प्रतितोला ७६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । त्यसैगरी महासंघका अनुसार आज तेजाबी सुनमा पनि तोलामा १ हजार रुपैयाँ बृद्धी भई प्रतितोला ७६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको भाउ भने स्थिर भएको महासंघले जनाएको छ । हिजो प्रतितोला ७ सय १० रुपैयाँले बिक्री बितरण भएको चाँदीको आज पनि सोही मूल्य यथावन् रहेको छ ।
मकालु खबर
२०७६ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित