ग्रहकको लागि टेलिकमको नयाँ विकल्प

चैत्र १८, काठमाडौं । नेपाल टेलिकमले महशुल भुक्तानी तथा टपअप गर्ने कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा एमपिओएस तथा किआइओएसके मेसिन, विभिन्न भुक्तानी सेवाका एपहरु बैंकका भिसा कार्ड लगायतको लागि नयाँ परिमार्जित व्यवस्था ल्याएको छ । टेलिकमले ब्यालेन्स ट्रान्सफरबाट सीमित रुपमा परिवारका सदस्यहरु र साथीभाईबीच टपअप गर्न सकिने सुविधा पनि उपलब्ध रहेको व्यवस्था ल्याएको हो ।   

हाल विश्वव्यपी महामरीको रुपमा रहेको कोरोना भाइरस(कोभिड १९) रोकथाम र नियन्त्रणका लागि मुलुक पूर्णरुपमा लकडाउनको अवस्थामा रहेकोले कम्पनीको रिचार्ज कार्ड बिक्री हुने स्थानसम्म पुग्न ग्राहकलाई कठिनाई हुनसक्ने भएका ले यस्तो व्यवस्था ल्याएको टेलिकमले जनाएको छ ।   

ग्राहकले सहजरुपमा महशुल भुक्तानी तथा टपअप गरी कम्पनीका सेवाहरु मार्फत परिवारजनसँग कुरा गर्न सहज होस् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको व्यवस्थामा केही परिमार्जन गरिएको टेलिकमले बताएको छ । 

null

यस्ता छन् नयाँ व्यवस्था :   

(क) मोबाइल भुक्तानी सेवा तथा केआइओएसके मेसिन 

यस अन्तर्गत कम्पनीका आधिकारिक एमपिओस सेवा प्रदायकहरु ९जस्तैःस्टेसनरी, पसल, किराना पसल, पत्रिका पसल आदि० तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआइओएसके मेसिनहरुमा गई कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ। 

(ख) विभिन्न भुक्तानी सेवाहरु 

यस अन्तर्गत भुक्तानी सेवा प्रदायकहरु (जस्तैःइसेवा, खल्ति, आइएमइपेआदि) का एपहरु प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ । 

(ग) विभिन्न बंकाि अनलाइन तथा मोबाइल बैकिंङ सेवाहरु 

यसका लागि आफ्नो खाता भएका बैंकबाट अनलाइन बैकिंङ वा मोबाइल बैकिंङको सुविधालाइ सोही बैंकको वेभपेज वा मोबाइल एप प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ । 

(घ) विभिन्न बैंकका भिसाकार्डहरु 

चलनचल्तीको भाषामा डेविट कार्ड, क्रेडिट कार्ड भनिने यी कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्नुपर्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *