विश्वभर २ लाख १७ हजारको मृत्यु, अमेरिकामा एकैदिन २५ सयले ज्यान गुमाए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर २ लाख १७ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख १७ जार ९ सय ६८ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ३१ लाख ३८ हजारभन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म ९ लाख ५५ हजार निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मंगलबार मात्रै २५ सय बढीको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५९ हजार २२५ पुगेको हो । त्यस्तै अमेरिकामा एकै दिन २५ हजार ९८ संक्रमित थपिएका छन् । त्यहाँ संक्रमतिको संख्या १० लाख ३५ हजार ४ सय ५४ रहेको छ ।अमेरिका

पछि इटालीमा धेरैले ज्यान गुमाएका छन् । इटालीमा २७ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ भने २ लाख १ हजार पाँच सय पाँच संक्रमित छन् । स्पेनमा २ लाख ३२ हजार १ सय २८ संक्रमित रहेका छन् । त्यहाँ २३ हजार ८ सय २२ जनाको मृत्यु भइसेको छ । फ्रान्समा २३ हजार ६ सय ६० जनाको ज्यान गइसेको छ भने एक लाख ६५ हजार ९ सय ११ बिरामी छन् ।

बेलायतमा अहिलेसम्म एक लाख ६१ हजार १४५ कुल संक्रमित भएका छन् भने २१ हजार ६७८ जनाको मृत्यु भएको छ । बेल्जियममा ४७ हजार ३३४ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ३३१ जनाको मृत्यु भएको छ । यसैबीच १० हजार ९४३ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ५९ हजार ९१२ कुल संक्रमित भएका छन् भने ६ हजार ३१४ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख १७ हजार ४ सय निको भएर फर्किएका छन् । इरानमा ९२ हजार ५८४ कुल संक्रमित भएका छन् भने ५ हजार ८७७ जनाको मृत्यु भएको छ । यसैबीच ७२ हजार ४३९ निको भएर फर्किएका छन् ।

ब्राजिलमा ७२ हजार ८९९ जना संक्रमित भएका छन् भने ५ हजार ६३ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ३२ हजार ५४४ जना ठिक भएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ८३६ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ५५५ निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म ३८ हजार ४१६ जना संक्रमित भएका छन् भने ४ हजार ५६६ जनाको मृत्यु भएको छ । टर्कीमा एक लाख १४ हजार ६५३ जना संक्रमित भएका छन् भने २ हजार ९९२ सय जनाको मृत्यु भएको छ । त्यस्तै ३८ हजार ८०९ जना निको भएर फर्किएका छन् ।

क्यानाडामा ५० हजार २६ जना संक्रमित भएका छन् भने २ हजार ८५९ जनाको मृत्यु भएको छ । त्यस्तै १९ हजार १९० जना ठिक भएका छन् । स्विडेनमा १९ हजार ६२१ जना संक्रमित भएका छन् भने २ हजार ३५५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *