रक्षामन्त्री र स्वस्थ्यमन्त्रीलाई बर्खास्त गर्न बहिर्गमित जनमुक्ती सेनाको माग

चैत्र २१, काठमाडौं । बहिर्गमित जनमुक्ती सेना नेपालले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई वर्खास्त गर्न माग गरेको छ ।  

बहिर्गमित जनमुक्ती सेनाका प्रवक्ता तथा उपाध्यक्ष राजन थापाले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेका बेला भ्रष्टाचार गर्ने रक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई वर्खास्त गर्न माग गरेका हुन् ।  

‘नेपाली जनतालाई भ्रममा पार्नका लागि चीनबाट मेडिकल सामान खरिद गर्न दिएको ओम्नि ग्रुपलाई टेन्डर रद्द गरियो भनेर भ्रम फैलाउनु भयो । तपाईंहरुजस्तो भ्रष्ट मन्त्री पदमा बसिरहनु कुनै नैतिकताले दिँदैन’, प्रवक्ता थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तपाईं जस्ता भ्रष्ट मन्त्रीलाई जनताको अगाडि कोरा लगाउँदै गोली ठोक्नुपर्ने हो । सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले उपप्रधानमन्त्री र स्वस्थ्यमन्त्रीज्यूलाई गर्न जोडदार माग गर्दछौँ ।’ 

नेपाल सरकारका मन्त्रीहरु गैर जिम्मेवार बन्दै गएको बहिर्गमित जनमुक्ती सेनाको भनाइ छ । साथै नेपाल–भारत नाका दार्चुला कालिगण्डकी पारी धार्चुलामा अलपत्र परेका नेपालीहरुलाई नेपालमा ल्याइ सुरक्षित स्थानमा राख्नु राज्यको दायित्व होइन ? भन्दै प्रश्न समेत गरेको छ ।  

जारी विज्ञप्तिमा भनिएको छ– ‘महामारिको समयमा जनताको आँखा छली अरबौँ घोटला गर्नु कहाँ सम्मको अपराध गर्नु भएको छ स्वास्थ्यमन्त्रीज्यू ? तपाईँहरु त्यही जनताले तिरेको करबाट गाडी चढ्नु भएको छ, तलब भत्ता खाएर बस्नु भएको छ, आफ्ना नातेदार हरुलाइ पोस्नु भएको छ । नेपाली जनताले यदि धेरै सुविधा दिँदा पनि पुगने ?’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *