इसेवा भन्छ– न्युज पोर्टलको समाचार हटाइनुमा हाम्रो हात छैन

चैत्र २१, काठमाडौं । पेमेण्ट गेटवे इसेवाले ‘काठमाडौं प्रेस’ नामक न्युज पोर्टलको समाचार हटाइएकोमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ । आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै इसेवाले समाचार हटाइएकोमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको हो ।  

‘विगत केही दिनदेखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्यविरुद्ध हामी खेद प्रकट गर्दछौँ’, इसेवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इसेवामाथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित छैन ।’ 

इसेवाको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न कम्पनी अत्यन्त संवेदनशील र प्रतिबद्ध रहेको कम्पनीले दुस्प्रचारका पछि नलाग्न आफ्ना आम प्रयोगकर्ताहरुलाई अनुरोध समेत गरेको छ ।   

हेर्नुहोस् इसेवाद्वारा जारी विज्ञप्ति  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *